मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करेन्ट लागेर अछामका एक जनाको मृत्यु

करेन्ट लागेर अछामका एक जनाको मृत्यु


अछाम – कैलालीमा करेन्ट लागेर घाईते भएका अछामका एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ मा चैतनपुर पूल निर्माणका क्रममा करेन्ट लागेर साँफेवगर नगरपालिका वडा नम्वर ४ खाल्सेनका २७ बर्षीय घनश्याम कुँवर घाईते भएका थिए ।

मंगलबार दिउसो करेन्ट लागेर घाईते भएका कुँवरलाई उपचारका लागि पदमा अस्पताल अत्तरिया ल्याईएको भएपनि त्यहाँ सम्भव नभएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

यस्तै महेन्द्रनगर बसपार्क नजिक एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपिरक्षक रविन्द्र पौडेलले बझाङ छान्ना घर घई हाल कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नम्वर २ बस्दै आएका ५७ बर्षिय भजन रावलको मृत्यु भएको जानकारी दिनुभयो ।

मंगलबार मध्यान्न १२ बजेको समयमा बसपार्क पछाडी रहेको बालमन्दीर नजिकैको गल्लीमा उनको मृत्यु भएको हो। प्रत्येक्षदर्शीले उनी हिड्दा हिड्दै एक्कासी लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।