मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट ४ हजार ६ सय ६६ जना परिक्षामा सामेल हुदैँ

अछामबाट ४ हजार ६ सय ६६ जना परिक्षामा सामेल हुदैँ

एसइईको सम्पूर्ण तयारी पुरा


पूर्णबहादुर खड्का, ५ चैत्र अछाम ।

भोलीबाट देशभर हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । भोली देखि सुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको हो ।

यस वर्षको एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५ सय ९ परीक्षार्थी सहभागी हुने भएका छन् ।

यता अछाम जिल्लामा भने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ हजार ६ सय ६६ परीक्षार्थी सहभागी हुने भएका छन् ।

माध्यमिक शिक्षा परीक्षामा साधारण धारतर्फ छात्र २ हजार ४५ छात्रा २२ सय ४९ गरी कुल ४२ सय ९४ जना र प्राविधिक धारतर्फ छात्र ८१ छात्रा २८ गरी १ सय ९ जना विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई अछमका अनुसार नियमित तर्फ ४४ सय ३ जना र ग्रेडवृद्धितर्फ १ सय २३ जना छात्र १ सय ४० छात्रा सहीत कुल २ सय ६३ जना विद्यार्थी परिक्षामा सहभागी हुने छन् ।

अछाम जिल्लामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने प्रत्येक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष रहने गरि २४ जना केन्द्राध्यक्ष तोकिएको छ । परीक्षालाई शान्तपूर्वक र मर्यादीत बातावरणमा सम्पन्न गर्न सुरक्षा व्यावसथा पनि कडा पारिएको र यसमा सबैको साथ अपरीहार्य रहेको प्रमुख शिक्षा विकास तथा समन्वय इकाई अछाम प्रमुख लक्ष्मण गिरीले बताउनु भयो ।

जिल्लामा संचालन हुने परिक्षाको सम्पूर्ण तयारी पुरा भएका समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले बताउनु भयो । जिल्लाभित्र रहेका सामुदायिक संस्थागत गरी ९४ विद्यालयका विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षामा सामेल हुने बताइएको छ ।