मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसइइ परिक्षा मर्यादित हुनुपर्ने : उपप्रमुख चलाउने ।

एसइइ परिक्षा मर्यादित हुनुपर्ने : उपप्रमुख चलाउने ।


अछाम – पन्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले एसइइ परिक्षा मर्यादित, ब्यवस्थित र बिश्वसनिय हुनुपर्नेमा जोडदिनु भएको छ ।

बिहिबार देखि सुरुहुने एसइइ परिक्षाको क्रममा पन्चदेवल विनायक नगरपालिकाको सिफारिसमा पहिलो पटक परिक्षा केन्द्र बनेको मालिका मावी वारलाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नगर शिक्षा समितिका सहसंयोजक समेत रहनु भएका उपप्रमुख चलाउनेले पुर्वाधार विकास संगै शैक्षिक विकासमा पनि लाग्न आग्रह गर्दै परिक्षा मर्या्दित बनाउन शिक्षक, बिध्यार्थी अभिभावकले आआफ्नो क्षेत्र बाट बिस्वस्नियता कायम हुने गरि भुमिका निर्बाह गर्नुपर्ने बताउनुभयो ।

पन्चदेवल विनायक नगर क्षेत्रको अगुवा बिध्यालय बिध्यामन्दिर माविको लामो समय प्रधानाध्यापकका हैसियतले प्रसानिक नेतृत्व गर्नु भएका नेपाली काङ्ग्रेसका नेता महाअधिवेसन प्रतिनिधि सुरतबहादुर बिष्टले परिक्षा अवसरका साथै चुनैती पनि हो त्यसैले गुणस्तर कायम हुनेगरी परीक्षा संचालन गर्न जोद दिनुभयो ।

बिध्यालय परिसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै बिध्यामन्दिर माविका पुर्व प्रधानाध्यापक बिष्टले सहयोग गरेर चिट चोरायर नम्वर आउँछ तर गुणस्तर हुदैन त्यसैले मर्यादाको लक्ष्मण रेखा भित्र रहेर परिक्षा मर्या्दित परीक्षा हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका नगर शिक्षा समितीका सदस्य वेदप्रकाश तिमिल्सैना, नेपाली काङ्ग्रेसका अछाम दुई नम्वर प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापती लक्ष्मण बहादुर शाह, नगर क्षिक्षा समितिका सदस्य तारा बटाला, पन्चदेवल नगरपालिका ८ का वडा सदस्य नरे कामी, नेकपा अछाम जिल्ला कमिटीका सल्लाहकार नन्दाबहादुर शाही, भवानिदेवी मावी पुलेतोलाका सेवा निबृत्त प्राधानाध्याक हर्कबहादुर रावल एसइइका केन्द्राध्यक्ष जगत तिमिल्सैना लगायतको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा पन्चदेवल विनायक नगरपालिका वडानम्वर ८ का वडा अध्यक्ष समेत रहनु भएका मालिका मावी बिध्यलय ब्यवस्थापन समितिका अध्यक्ष खनालले परिक्षाकेन्द्र ब्यवस्थापन र परिक्षार्थी लाई बस्नको लागि सबै तयारी पूरा भैसकेको जानकारी दिनुभयो ।

पन्चदेवल विनायक नगरपालिका वडानम्वर ८ का वडा अध्यक्ष समेत रहनुभएका मालिका माविका बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिध्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर शाहिले गर्नुभएको थियो ।

पहिलो पटक परीक्षा केन्द्र भएको मालिका मावि बारलामा नगरका विनायकको बिध्यामन्दिर नमुना मावी, पुलेतोलाको भवानिदेवी मावी, कालेकाडाको चण्डिका मावी र सारदा माविका दुई सय चार जना छात्र छात्रा सहभागी हुनेछन ।