मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम अस्पतालमा बिशेषज्ञ डाक्टर र भौतिक अभाबले गुणस्तरिय स्वास्थ्य सेवामा समस्याः स्वास्थ्य प्रमुख ढुगाँना

अछाम अस्पतालमा बिशेषज्ञ डाक्टर र भौतिक अभाबले गुणस्तरिय स्वास्थ्य सेवामा समस्याः स्वास्थ्य प्रमुख ढुगाँना


कमल रावल, अछाम

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले जिल्ला अस्पताल अछामले लामो समयदेखि बिशेषज्ञ चिकित्सको अभाब झेल्दै आएको बताउनु भएको छ ।

जिल्लामा ४ जना डाक्टरको दरबन्दी भएतापनी बिशेषज्ञ चिकित्सक जिल्लामा नआउदा नागरिकले सामान्य समस्याका लागि समेत जिल्ला जानु पर्ने बाध्यता आएको बताउनु भएको छ ।

रेडियो रामारोशनको रामारोशन चौतारीमा कुरा गर्दै प्रमुुख ढुुगाँनाले हातखुट्टा भाचिए देखि सामान्य अप्रेशनको समस्याले समेत बाहीर जानु परेको बताउनु भयो ।

सरकारको समायोजन पछि कर्मचारीको अभाब अस्पतालले व्यहोरेकाले अहीले मगलसेन नगरपालिकाले करारमा भर्ना गरेका कर्मचारीको भरमा अस्पताल चलिरहेको बताउनु भयो ।

जिल्ला अस्पतालमा कर्मचारी अभाब लगाएत भौतिक संरचनाको अभाबको बारेमा सम्बन्धीत निकाय सबै जानकार भएपनी पुरा नभएको बताउनु भयो । अब आगामि दिनमा अछामका सबै जनप्रतीनीधीले सम्बन्धीत मन्त्रिलाई ताकेता समेत गर्नुपर्ने उल्लेख गर्नु भयो ।

२०४० सालमा बनेर अस्पतालको जिर्ण भवनले गर्दा समेत सेवा दिन निकै अप्ठयारो भईरहेको बताउनु भयो । ५० बेडको भवन आवश्यकता भएपनि १५ बेडको मात्र स्विकृत भएकाले जिल्लाको बिरामीको चापले गर्दा समेत ३० बेड संञ्चालन गरि सेवा प्रबाह भईरहेको उहाँको भनाई छ ।