मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरानाको संक्रमण भित्रिन नदिन बयालपाटा अस्पतालको गेटमै स्कृनिङ कक्ष

कोरानाको संक्रमण भित्रिन नदिन बयालपाटा अस्पतालको गेटमै स्कृनिङ कक्ष

कोराना भाईरससंग जुध्न सबै लाग्नुपर्नेमा डाक्टर गौचनको जोड


पूर्ण बहादुर खड्का, ६ चैत्र अछाम ।

अछामको बयालपाटा अस्पतालको गेटमै स्कृनिगं कक्ष स्थापना गरिएको छ । अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको अवस्था जाँच गर्न गेटमै स्कृनिगं कक्षको स्थापना गरिएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण भित्रिन र फैलिन नदिन अस्पताल आउने सेवाग्राहीको पहिलो स्कृनिगं गेटबाटै गर्नको लागि उक्त कक्षको स्थापना गरिएको उहाँले बताउनु भयो ।

छिमेकी मुलुक भारत र काठमाण्डौँमा आवत जावत गर्नेको संख्या अछाममा बढी भएकोले यसको संक्रमण जिल्लामा भित्रिन सक्ने खतरा देखिएकाले पहिले नै सर्तकर्ता अपनाउन उक्त बिधिको प्रयोग गरिएको डाक्टर गौचनको भनाई छ ।

अस्पताल भित्रिने जो कोहीलाई पहिले गेटमा खटिएका स्वास्थ्यकर्मीले ज्वरो नाप्ने, कोरोनाका लक्षणबारे बुझ्ने तब मात्र अस्पताल प्रबेश गर्न दिने गरि गेटमै स्कृनिगं कक्षको स्थापना गरिएको अस्पतालका सहायक निर्देशक डाक्टर पवन केबी अग्रवालले बताउनु भयो ।

यदि स्कृनिगंको क्रममा त्यस्तो प्रकारको लक्षण देखिएमा थप उपचार र अनुसन्धानका लागि स्वास्थ्य कार्यालय अछाम संग मिलेर प्रक्रिया गरिने समेत उहाँले बताउनु भयो ।

हामीले पहिले नै सर्तकता अपनाउन जरुरी हुन्छ त्यसलै गेटमै यस्तो व्यावस्था गरिएको भन्दै डाक्टर गौचनले भिडभाड कम गर्ने, सामुहकि बैठक नगर्ने, प्रत्येक दिन हुने कक्षा नगर्ने, स्टाफ मिटिंग नगरी अनलाईन मार्फत नै गर्ने काम अस्पताल बाटै सुरु गरिएको उल्लेख गर्नुभयो ।

अस्पतामा बिरामीको चाँप धेरै हुने समय हो, त्यसैकारण गर्दा एकजनामा मात्रै यसको संक्रमण देखिएमा सबैलाई सर्ने खतरा हुन्छ डाक्टर गौचनले भन्नुभयो हामीले सबैलाई भनेका छौँ भिडभाड एकदमै कम गरौँ ।

अहिने त्रसित नै भईहाल्नुपर्ने अवस्था छैन् यदि ज्वरो आएको छ, सुख्खा खोकी छ, श्वास फेर्न अप्ठेरो भएको छ भने एकपटक चिकित्सकसंग परार्मश लिन डाक्टर गौचनले आग्रह समेत गर्नुभएको छ ।

अत्यावश्यक सेवा बाहेक सामान्य उपचारका लागि अस्पतालमा आउने समेत कम गर्नुपर्ने भन्दै डाक्टर गौचनले बिभिन्न स्थानिय निकाय, प्रदेश सरकार सबै मिलेर कोरानासंग जुध्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

सरसफाईमा बिशेष ध्यान दिएर सन्तुलित खानामा समेत सबैले जोडदिन डाक्टर गौचनले सबैलाई आगैह गर्नुभएको छ ।

स्कृनिंग कक्ष स्थापना गर्न साँफेबगर नगरपालिकाले त्रिपाल दुईवटा त्रिपाल उपलब्ध गराएको नगरप्रमखु कुलबहादुर कुवँरले जानकारी दिनुभयो ।