मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋण निकालेकोे पैसा सकियो, एसईई भएन

ऋण निकालेकोे पैसा सकियो, एसईई भएन


गीता कुँवर, अछाम

चौरपाटी गाउँपालिका २ सिउडीकी पार्बती थापाको एसईई परिक्षा केन्द्र साँफेबगर नगरपालिका १ बैद्यनाथको सुर्यचन्द्र माबीमा पर्याे । घरबाट दैनिक परिक्षा दिन सम्भव नभएकाले उनीले चैत ३ गते नै परिक्षा केन्द्र नजिकै कोठा लिएर परिक्षा दिने तयारीमा थिईन् । परिक्षाको अघिल्लो दिन साझ कोरोनाको कारण एसईई परिक्षा स्थगित भएको खबर आयो । उनले त्यो खबर पत्याईनन् । उनी पछिल्लो दिन बिहानै परिक्षा दिन परिक्षा केन्द्रका पुगिन् ।

उनले भनिन् ‘परिक्षा स्थगित भएको बिश्वाश नै लागेन,परिक्षा केन्द्रमा पुगेपछि सरले परिक्षा नहुने भनेपछि मात्र बिश्वाश लाग्यो । ऋण निकालेर परिक्षा दिन आएको थिए । पैसा खर्च भयो । घर फर्किदा निकै दुख लागेको छ ।’

सिउडीकै आशिष शाह पनी परिक्षा स्थगित भएपछि निन्याउरो अनुहार लगाएर घर फर्किदै थिए । उनी अन्यौलमा थिए । कोहि साथीहरु भोली देखि सुरु हुन्छ परिक्षा भन्दै थिए । उनले भने ‘एक त परिक्षा केन्द्र टाढा पर्छ,त्यसमाथी यसरी परिक्षा स्थगित हुदाँ झनै समस्या भयो,अब परिक्षा कहिले हुने हो थाहै छैन ।’ घरबाट दिएको पैसा त्यसै खर्च भयो, नहुनेलाई त झनै मर्का परेको छ ।

यसको क्षतिपुर्ति गाउँपालिकाले दिनुपर्छ ।’ कोरोनाको बारेमा सबैलाई थाहा थियो परिक्षा स्थगित गर्दा एक हप्ता अगाडी नै गरेको भए यस्तो मर्का नपर्ने उनी बताउँछन् । सुर्यचन्द्र माबीका प्रधानाध्यापक केन्द्राध्यक्ष देबेन्द्रबहादुर शाहले अन्तिम समयमा आएर परिक्षा रोकिदा टाढाका विद्यार्थीहरु निकै मर्कामा परेको बताए ।

उनले भने सरकारले यो निर्णय छिटो गर्नुपर्ने थियो,परिक्षा रोकिएको खबर आयो तर पनी हिजो राती ९ बजेसम्म सिट प्लानिङ्ग नै गरिरहेका थियौ । बिहान मात्र आएर विद्यार्थी घर फर्किन भन्यौ ।’ दुर्गमका परिक्षार्थीहरु ऋण निकालेर आएका थिए उनीहरु बढी मर्कामा परे उनले भने ।

फोटो क्याप्सन : पहिलो पटक परीक्षा केन्द्र तोकिएको मालिका मावी बारलाको परिक्षा केन्द्र बाट आफ्नो घर फर्किदै गरेका बिध्यार्थी । तस्वीर वेदप्रकाश तिमिल्सेना