मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पैशा झिक्दा माक्स पाईयो

पैशा झिक्दा माक्स पाईयो


बाजुरा – बिश्व ब्यापीरुपमा फैलिएको कोरोनाका कारण नेपाल सरकारले शैक्षिक संस्था बन्द गरेपछि बाजुराको त्रिबेणी नगरपालिका ७ का रामबहादुर अयडी आफन्तलाई घर बोलाउन पैशा आईएमी गर्न सुधुम मनिट्रार्फर फालासेन पुगे पैशा पठाए माक्स पाए ।

माक्स पाएसंगै रामबहादुरले पैशा भन्दा ठुलो माक्सको पो महत्तो रहेको अनुभब भएको बताए । माक्स सुधुम मनिट्रार्फरले बिश्वब्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) रोगथामको लागी निशुल्क बितरण गर्ने गरेको आईएमीका संचालक मीलनजंग अयडीले जानकारी दिएका छन् ।

आईएमीमा पैशा पठाउने र झिक्नै सबैलाई रोकानाको रोकथामबारे जनचेतना जगाउनुका साथै निशुल्क माक्स बितरण गर्दै आएको अयडीले बताए । हिजो पहिलो दिन एक सय पचास माक्स निशुल्क बितरण गरियो ।

पहिलो चरणमा ५ सय ओटा माक्स बितरण गर्ने र आबश्यकताको आधारमा थप गर्ने उनले बताए ।

त्यस्तै बुढीगंगा नगरपालिका ४ का प्रेम रानाका आफन्तले भारतबाट आईएमी गरेर पठाएको पैशा झिक्न सुधुममा गए पैशासंगै माक्स पाए पछि खुशी भए । पैशासंगै माक्स पनि पाईयो ।

गाउमा कोरोना भन्ने रोग आएको सुनेको थिए माक्स लगाउनु पर्छ भन्ने हल्ला थियो किन्ने सुर गरेको थिए यताबाट निशुल्क पाएपछि खुशी लागेको रानाले बताए ।

आईएमीका संचालक मीलनजंग अयडी पछिल्लो समय जिल्लामा ब्यबसायि गर्नुका साथै समाज सेवामा अग्रसर छन् ।