मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको अज्ञात रोग प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली

बाजुराको अज्ञात रोग प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली


बाजुरा – जिल्लाको स्वामीकार्तिक गाँउपालिकामा वडा नम्बर १ मुक्तिकोट र वडा नम्बर २ पुडेनीमा अज्ञता रोगले दुई जना बालबालिकाको मृत्यू भएको समाचार पछि रोग प्रभाबित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराले स्वास्थ्यकर्मीको टोली पठाएको छ ।

दुईजना एचए र एक जना ल्याब र औषधि सहितको टोली पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत्त दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

अज्ञात रोगले गाउनै थला परेको खबर बिभिन्न संचार माधयाममा आएपछि एचए गणेश रोकाया, सुबेणा सिंह र ल्याव अस्ष्टिेन रतन बुढाको टोली शुक्रबाट बिहान पठाएको पन्तले बताए ।

टोली रोग प्रभाबित क्षेत्रमा पुगेर उपचार गर्नुका साथै नमुना सर्बेक्षणको लागी ल्याब असिष्टेन सहित पठाएको बताए । ल्याईएको नमुना सर्बेक्षेण रगत, खकार दिशा पीसा काठमाण्डौ पठाईने उनले बताए ।

स्वामीकार्तिक खापर गाउपालिकाले हिजो नै बर्खुका स्वास्थ्य चौकी ईन्चार्ज बृर्ख बिकको संयोजगत्वमा टोली पठाएसकेको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले जानकारी दिएका छ ।

स्वास्थ्यकर्मीलाई औषधि सहित पठाएको अध्यक्ष शाहीले बताए । स्वामीकार्तिक खापर गाँउपालिका २ पुडेनीका चतुरे थापाका ४ महिनाका छोरा खम्बीर थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मरा बिकको मृत्यु भएको थियो । भने दर्जनौ बिरामी भएको खबर पछि टोली पठाएको छ ।

भर्बल बिककी छोरीको चैत्र ४ गते र चतुरे थापाका छोराको चैत्र ५ गते मृत्यु भएको थियो । स्थानियका अनुसार दुबै जनालाई अत्याधिक ज्वरो आए पछि मृत्यु भएको वताईएको छ ।

ज्वरो आउने खोकी लाग्ने जस्ता लक्षणहरु देखा परेका छन् । रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडी मा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले जानकारी दिएका छन् ।

रुघाखोकीका जस्तै लक्षणहरु देखा परेका छन् । रोगले वडा नम्बर २ त पुरै प्रभाबित भएको छ । ज्वरो आउने टाँउको दुख्ने, खोकी लाग्ने हात खुट्टा लगायतका लक्षणहरु देखापरेको स्थानीय आनन्द बुढाले वताए । गाँउमा सबै बिरामी भएपछि दैनिक जिवन यापन नै अस्तब्यस्त रहेको बुढाले वताए ।

स्वामीकार्तिक खापर गाँउपालिका वडा नम्बर १ र २ सदरमुकाम बाट दुई दिनको पैदल दुरीमा पर्दछ रोग प्रभाबित क्षेत्र बाजुराको निकै दुर्गम ठाँउ हो ।