मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरका क्रियाशिल यूवाहरुद्धारा सर्बसाधारणलाई ३ हजार माक्स बितरण

साँफेबगरका क्रियाशिल यूवाहरुद्धारा सर्बसाधारणलाई ३ हजार माक्स बितरण


चैत्र ८ अछाम – साँफेबगरका क्रियाशिल यूवाहरुले शनिबार सर्बसाधारणलाई निशुल्क माक्स बितरण गरेका छन् । साँफेबगर युवा समुहद्धारा त्यस क्षेत्रका नागरिकलाई ३ हजार भन्दा बढी माक्स बितरण गरिएको हो ।

नोवेल कोरोना भाईरसको संक्रमण फैलिन नदिन सर्बसाधारणलाई माक्स बितरण गरिएको उमेश कुवँरले बताउनु भयो ।

अछाम जिल्लामा भारतबाट आवत जावत गर्नैको संख्या बढीरहेकाले कोरोना भाईरसको संक्रमण फैलिने सम्भावना बढी भएकाले सर्बसाधारणलाई माक्स बितरण गरिएको यूवा होटल व्यावसायि मिन रानाले बताउनु भयो । साँफेबगर एरपोर्ट र हाटबजारका सर्बसाधारणलाई माक्स बितरण गरिएको हो ।

साथै यात्रु महानुभावहरुलाई पनि माक्स बितरण गरिएको छ । साँफेबगरबाट बाहिरिले गाडीका यात्रु तथा गाडि चालकलाई सचेत हुन अनुरोध गर्नुका साथै माक्स बितरण गरिएको यूवा चेत बिक्रम शाहले बताउनु भयो ।