मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरसको सङक्रमण फैलन नदीन साँफेबगरमा २५ लाख बराबरको उपकरण खरिद गरिने

कोरोना भाईरसको सङक्रमण फैलन नदीन साँफेबगरमा २५ लाख बराबरको उपकरण खरिद गरिने


अछाम – साँफेबगर नगरपालिकामा बिपद जोखिम ब्यबस्थापन समितिको बैठक बिभिन्न निर्णय गर्दे सम्पन्न भएको छ ।

समीतीका अध्यक्ष तथा नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा सम्पन्न बैठकले कोरोना भाईरसको सङक्रमण फैलन नदीन आवश्यक उपकरण खरिद गर्न २५ लाख रकम छुट्याउने निर्णय गरेको छ ।

यसैगरी बैठकले सचेतना फैलाउने र बयालपाटा अस्पतालमा ३ बेडको आईसोलेसन कक्ष भएपनी त्यसलाई बढाउने निर्णय गरेको छ ।

बैठकमा बोल्दै बयालपाटा अस्पतालका स्वास्य निर्देशक बिकास गौचनले महामारीको समय भएकाले गलत सुचनाको पछी नलाग्न अनुरोध गर्नु भयो । भारतबाट धेरै सङख्यामा यस क्षेत्रका बासीन्दा आईरहेकाले अछाममा कोरोनाको उच्च जोखिम बढेकाले यसको समयमै ब्यावस्था गर्न सबै लाग्नु पर्ने उहाँले बताउनु भयो ।

अस्पतालले कोरोनाको सङक्रमण हुन नदिन लागीपरेको बढी भिडभाड हुदा कोरनाको उच्च जोखिम बढ्ने भएकाले बयालपाटा अस्पताले अती आवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको बताउनु भयो ।

राष्ट्रीय स्वास्थ तालीम केन्द्र बरिष्ठ जनसेवा अधिकृत .बाबुराम भुसालले सबै भन्दा पहीले हामी आफु सचेत हुन आवश्यक रहेकाले सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

भारतबाट आउनेको सङख्यामा बढ्दै गएकाले भारत बाट आएका हरुले सेल्फ क्वारेन्टायनमा बस्न अनुरोध गर्नु भयो ।