मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाका ५ सय घरधुरीलाई माक्स बितरण गरे

वडाका ५ सय घरधुरीलाई माक्स बितरण गरे


बाजुरा – जिल्लाको बडिमालिका नगरपाकिला वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावलले आफ्नो वडामा रहेका ५ सय घरधुरीलाई माक्स बितरण गरेका छन् ।

बिश्व ब्यापिरुपमा फैलिएको कोरोना (भाईरस १९) संक्रमणबाट बच्न वडाका सबै घरधुरीलाई माक्स बितरण गरीएको वडा अध्यक्ष रावलले जानकारी दिए ।

सक्रमणबाट बच्न पहिलो चरणमा टोलटोलमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम सेबिका तथा अन्य यूवा क्लब लाएतले सचेतना जगाई रहेका छन भने आफ्नै ब्यक्तिगत खर्चबाट माक्स बितरण गरिएको अध्यक्ष रावलले बताए ।

नगरपालिका तथा वडाबाट अन्य सरसरफाईका सामानहरु पानि राख्ने बाल्टिन, साबुन जस्ता सामग्रीहरुको ब्यवस्थापनमा लागेको उनले बताए । अध्यक्ष रावले आफ्नो वडामा मात्र नभएर सुरक्षा कर्मी, अन्य वडाका नागरिकहरुलाई समेत बितरण गरिरहेको बताए ।

बिशेष गरि जिल्ला सदरमुकाम रहेको वडा भएको कारण जिल्लामा बिभिन्न ठाउबाट मानिसहरु आउने भएकाले छिटो सक्रमण हुने र स्वास्थ्यको दृष्टिले बढी समेमता अपनाउनु पर्ने भएकोेले स्वास्थ्यकर्मी खटाएको रावलले बताए ।