मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार राति १२ बजे देखि अछाम पनि लकडाउन

सोमबार राति १२ बजे देखि अछाम पनि लकडाउन


चैत्र, १० अछाम 

आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि अछाम जिल्ला लकडाउन हुने भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादबको अध्यक्षतामा बसेको जिल्ला बिपद् ब्याबस्थापन समितीको बैठकले जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो ।

सतर्कता अपनाउन अन्य जिल्लाबाट अछाम जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकल राति १२ बजेपछि बन्द हुने छन् ।

आज बसेको अछाम जिल्ला बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले तपशिलका निर्णयहरू गरेको छः

१) जिल्ला भित्र सम्पुर्ण सार्वजनिक यातायातहरू आजै राती १२ बजे देखि पुर्ण रुपमा बन्द गर्ने

२) जिल्ला भित्रका औषधी, खाध्यान्न, तरकारी पसल, पेट्रोलपम्प बाहेकका सम्पुर्ण निजि तथा सार्वजनिक व्यवसायहरू जस्तै होटल, ईलेक्ट्रोिनिक्स,कपडा पसल, चिया/नास्ता पसल, मदिरा पसल लगायतका व्यवसायहरू बन्द गर्ने।

३) अर्को सुचना जारी नभए सम्मको लागि अछाम जिल्ला भित्र सार्वजनिक ठाउमा धेरै मानिस जम्मा भएर कुनैपनि चाडवाड, मेलापर्व, बिबाह जस्ता साँस्कृतिक कार्यक्रम गर्न निषेध गरिएको छ।

४) जिल्लावासी र बिशेष गरि बाहिरबाट भित्रिेएका आम जनसमुदायमा कोरोनाको संक्रमणको जोखिम कम नभएसम्म आ-आफ्नो घरमै सुरक्षित (self Quarantine) मा बस्न र बाहिरको भेटघाट पुर्ण रूपमा बन्द गर्न अनुरोध गर्ने लगायतका निर्णय गरिएका छन ।