मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल र जिल्ला अस्पताल गरी अछाममा ३३ वटा आईसोलेशन बेड तयारी अवस्थामा

बयालपाटा अस्पताल र जिल्ला अस्पताल गरी अछाममा ३३ वटा आईसोलेशन बेड तयारी अवस्थामा

कोरानाको संक्रमण फैलिन नदिन अछाममा उच्च सर्तकर्ता अपनाईदैँ


पूर्णबहादुर खड्का, अछाम /

कोराना भाईरस संक्रमणको जोखिम फैलिन नदिन अछाम जिल्लामा उच्च सर्तकर्ता अपनाउन थालिएको छ । जस अन्र्तगत जिल्ला बिपद व्यावस्थापन समिती अछामले जिल्लालाई लकडाउन गरेको छ ।

अत्यावश्यक बाहेकका सबै सेवा, यातायात, होटेल बन्द गर्ने र भिडभाड नगर्ने निर्णय गरेको छ ।
यसै बिच जिल्लाको बयालपाटा अस्पताले पनि १३ वटा आईसोलेशन बेड तयारी अवस्थामा राखेको छ ।

कोराना भाईरसको संक्रमण लागेका व्यक्ती वा संकास्पद व्यक्ती देखिएमा आईसोलेशन कक्षमा राख्ने गरी १० वटा बेड थप गरिएको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो ।

३ वटा पहिले नै आईसोलेशन बेड रहेको अवस्थामा साँफेबगर नगरपालिकाको सहयोगमा १० वटा बेड थप गरिएको निर्देशक गौचले बताउनु भयो । साथै उहाँले भिडभाड एकदमै क मगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

आकस्मिक अवस्थामा मात्र अस्पताल आउन अनुरोध गरिएको छ भने अन्य अवस्थामा घरमै बस्न डाक्टर गौचनले आग्रह गर्नुभएको छ ।

भिडभाड कम गर्नको लागि साँफेबगर नगरपालिका, स्वास्थ्य कार्यालय अछाम, जिल्ला प्रशासन अछाम संग नियमित समन्वय भईरहेको समेत उहाँले बताउनु भयो ।

सोमबार बसेको अछाम बिपद व्यावस्थापन समितीको बैठकले जिल्लालाई लक डाउन गरेको अवस्थामा गाडी चल्न समेत रोक लगाईएको अवस्थामा बयालपाटा अस्पतालका कर्मचारीले आफ्नो घरबाट अस्पताल आउनुपर्दा अनिवार्य रुपमा परिचय पत्र बोकेर आउनु समेत अनुरोध गरिएको छ ।

यस्तै अछाम अस्पतालमा समेत आईसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ । १० वटा बेड पहिले नै अस्पताल संग तयारी अवस्थामा रहेकोमा जिल्ला रेडक्रस सोसाईटी अछाम तथा नेपाल आर्मीको सहयोगमा थप १० बेड राख्न सकिने अस्थाई आईसोलेशन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमखु झनकराज ढुंगानाले बताउनु भयो ।

जिल्लाको अवस्था हेरेर थप बेड पनि प्रदेश सरकारबाट माग गर्न सकिने समेत उहाँले बताउनु भयो । कोरोना भाईरसको बारेमा स्वास्थ्य कार्यालयले जिल्लाभरमा जनचेता फैलाउने काम गरिसकेको र अब सबै नागरिकले व्यक्तीगत सरसफाईमा बिषेश ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।

जिल्ला अस्पतालमा अस्थायी रुपमा तयार पारिएका आईसोलेशन कक्ष