मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजसेवी तथा स्वास्थ्यकर्मी शाहीद्धारा साँफेबगरका सुरक्षाकर्मीलाई खाजा वितरण

समाजसेवी तथा स्वास्थ्यकर्मी शाहीद्धारा साँफेबगरका सुरक्षाकर्मीलाई खाजा वितरण


अछाम – समाजसेवी तथा स्वास्थ्यकर्मी दिपेन्द्र शाहीले साँफेबगर स्थलमा खटिएका सुरक्षाकर्मीहरुलाई खाजा तथा पिउनेपानी वितरण गरेका छन् ।

रामारोशन डेण्टल किल्निक साँफेबगरका संचालक समेत रहेका शाहीले कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन अछाम जिल्ला लकडाउन भएको अवस्थामा साँफेबगरको एयरपोर्ट बजार र हाट बजारमा खटिएका ४५ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई दिवा खाजा स्वरुप, चाउचाउ, फलफुल तथा पिउने पानी दिएका छन् ।

देश नै लकडाउन भएको अवस्थामा सबै पसल तथा होटलहरु बन्द हुने भएकाले सुरक्षाकर्मीहरुले खाजा खान नपाईरहेको अवस्थामा आफुले सहयोग स्वरुप खाजा दिएको शाहीले बताउनु भयो ।

युवा व्यावसायी समेत हरेका शाहीले अहिलेको अवस्थामा भिडभाड कम गर्न, सरकारले जारी गरेको नियम पालना गराउनुका साथै आम जनसमुदायको सुरक्षा दिन सुरक्षाकर्मीको भुमिका महत्वपूर्ण हुने भएकाले उनिहरुलाई सबैले प्रोत्साहन गर्नुपर्ने बेला आफुले पनि सहयोग स्वरुप खाजा प्रदान गरेको बताउनु भयो ।

बिगत एक दशक देखि समाज सेवामा क्रियाशिल युवा दिपेन्द्र शाहीले समाजको सकरात्मक परिर्वतनका लागि आउने दिनमा पनि यस्तै रचनात्मक कार्य गर्दै जाने उल्लेख गर्नुभयो ।

साथै शाहीले कोरोनाको संक्रमण भित्रिन र फैलिन नदिन हरेक नागरिकले सचेत भएर घरभित्रै बस्नुपर्ने र सरसफाईमा समेत बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।