मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा लकडाउन एवम निशेधाज्ञालाई कडाई गरिने

अछाममा लकडाउन एवम निशेधाज्ञालाई कडाई गरिने


कमल रावल, अछाम – जिल्लामा नोभेल कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण, रोकथाम, उपचार तथा ब्याबस्थापनका लागि गठन गरिएको समन्वय समितीले क्वारेन्टाईन ब्याबस्थापन कार्यलाई जोड् दिने निर्णय गरिएको छ ।

यसलाई प्रभाबकारी बनाउनका लागि जिल्लामा छुट् भएका सुरक्षा निकायका स्थानिय स्तरका प्रमुुख सदस्य रहने गरि थप गर्ने लगाएतका निर्णय भएको छ ।

अछामका प्रमुुख जिल्ला अधिकारी एँव कमाण्ड पोष्ट समितीका अध्यक्ष पुण्य बिक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकले सफा, सुरक्षित, स्वच्छ, खाना र पानिको ब्याबस्था, बस्नको लागि कम्तीमा ४ फिटको दुरि भएको हुुनु पर्ने, स्वास्थ्य परिक्षण ब्याबस्था, शौचालय र नुहाउने ब्याबस्था भएको, बत्ति र उज्यालोको ब्याबस्था भएको, सुरक्षा ब्याबस्था भएको हुुनु पर्ने कुरालाई मध्येनजर आगामि दिनमा यसलाई पुर्ण रुपमा कार्यान्वयनमा जोड दिने बताईएको छ ।

अछाममा लकडाउन एँव निशेधाज्ञाको पुर्ण पालना गराउनका लागि संञ्चार माध्यामबाट आम नागरिकलाई सचेत गराउने र संञ्चार माध्यामसँग आवश्यक समन्वय र सहकार्य सबै स्थानिय तहले गर्ने, लकडाउन एँव निशेधाज्ञाको अवधिमा आवश्यक बस्तु तथा सामाग्री खरिद गर्न पनि न्युुनतम ६फिटको दुरि कायम गने र दुरि कायम नगरेको पाईएमा खट्एिका सुरक्षाकर्मिले आवश्यक कायम गर्ने प्रमुुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेले जानकारी दिनु भयो ।

लकडाउनको अबस्थामा दैनिक उपभोग्यका खाद्यान्न लगाएतका सामाग्रीहरु नियमित आपुर्तिका लागि सबै स्थानिय तहले साप्ताहीक रुपमा अध्यावधिक गरि जिल्ला कमाण्डलाई जानकारी गरेपछि पुर्ति गरिने उहाँले बताउनु भयो ।