मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमबाट ४३ जनाको नमूना संकलन, ३२ को परीक्षण ११ को आज पठाईने

सुदूरपश्चिमबाट ४३ जनाको नमूना संकलन, ३२ को परीक्षण ११ को आज पठाईने


धनगढी : विश्वमै महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणको आशंकामा सुदूरपश्चिमबाट अहिले सम्म ४३ जनाको नमूना संकलन गरिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले सम्म सुदूरपश्चिमका कैलाली, कञ्चनपुर बाजुरा, बैतडी, डडेल्धुरा र डोटीबाट ४३ जनाको थ्रोट स्वाव संकलन गरिएको हो।

परीक्षणका लागि भने ३२ जनाको स्वाव मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रयोगशाला निरीक्षक समेत रहेका सम्पर्क व्यक्ति रामप्रशाद ओझाले जानकारी दिए। ‘३२ जनाको स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएकोमा अहिले सम्म २५ जनाको मात्रै रिर्पोट आएको छ। २४ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ, बाँकी सात जनाको आजभोलीमा आउँछ होला।’

११ जनाको स्वाव संकलन भएपनि पठाउन बाँकी रहेको ओझाले दिनेश खवरलाई जानकारी दिए। उनले भने, ‘सेती प्रादेशिक अस्पतालबाट सात, महाकाली अस्पतालबाट तीन र डडेल्धुरा अस्पतालबाट एक जनाको स्वाव संकलन भएको छ। आज नेपालगञ्ज हुँदै हवाई सेवा मार्फत पठाउने तयारी छ।’

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारमा संग्लन तीन जना स्वास्थ्यकर्मीको समेत स्वाव संकलन गरिएको छ। संक्रमितका परिवारका सदस्यहरुको भने स्वाव संकलन भएको छैन्।

सुदूरपश्चिमबाट नमूना संकलन गरी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाउने गरिएको छ। सुदूरपश्चिम प्रदेशमा अहिले सम्म धनगढीका ३४ बर्षिय एक व्यक्तिमा कोरोना देखिएको छ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जनाएको छ। – dineshkhabar