मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निशेधाज्ञा अबेज्ञा गरि आएका ११ जनालाई क्वारेन्टाईनमा राखिने

निशेधाज्ञा अबेज्ञा गरि आएका ११ जनालाई क्वारेन्टाईनमा राखिने


कमल रावल

सरकारको लकडाउन अर्थात निशेधाज्ञा कार्यलाई अबेज्ञा गरि आएका अछामको कमलबजार नगरपालिकाका ११ जनालाई क्वारेन्टाईनमा राखिने भएको छ ।

नेपालगञ्जबाट गएराति गाडि मार्फत अछाम आएका कमलबजार नगरपालिका वडा नम्बर ६ विरपथका ६ जना र वडा नम्बर १ मुलिका ५ जनालाई क्वारेन्टाईनमा राखिने कमलबजार नगरपालिकाका प्रमुुख ओम प्रकाश बिष्टले बताउनु भयो ।

कालिकोट जाने गाडिमा आएका ४ जना बालबालिका सहीत ११ जनासँग कुनै पास नभएको र पास गाडि चालकलाई जानकारी भएको उनिहरुले बताईरहेकाले उनिहरुलाई ब्याबस्थापन सहित कमलबजार नगरपालिका पठाउन काम भईरहेको पंञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुुख अम्बिका चलाउनले बताउनु भयो ।

पंञ्चदेवल विनायक नगरपालिकाको बेलखेतमा वडा नम्बर ४ का सदस्य दिपक बिष्ट, सुरक्षाकर्मि, स्वास्थ्यकर्मिको सक्रियतामा नियन्त्रणमा लिएपछि कमलबजार नगरपालिकालाई जानकारी गराएपछि नगरपालिकाले आफ्नै नगरपालिकामा क्वारेन्टाईनमा राख्ने ब्याबस्थापन गरेको चलाउने बताउनु भयो ।

कमलबजार नगरपालिकामा आवश्यक क्वारेन्टाईनको ब्याबस्थापन भईसकेकाले अहिले नै नगरबाट गाडि पठाएर ल्याउने कार्य भईरहेको प्रमुुख बिष्टले जानकारी दिनु भयो ।