मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेशद्वारा कोरोना भाईरसको संक्रमणबाट जोगीन आग्रह ।।

नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेशद्वारा कोरोना भाईरसको संक्रमणबाट जोगीन आग्रह ।।


कमल रावल, चैत १८ अछाम

नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समितीले कोरोनाभाईरसको संक्रमणबाट जोगीन सजकता, संयमता अपनाउन सबैलाई आग्रह गरेको छ ।

समिती मातहतका जिल्ला समिती, स्थानिय पालिका समिती, आम शिक्षकलाई सरकारले जारी गरेको “लकडाउन” अर्थात निशेधाज्ञा पालना सहीत हरेक ब्यक्तिलाई जानकारी सहीत आफु पनि बच्न र बचाउने अभियानमा लाग्न प्रेश बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

सरकारले गरेको “लकडाउन” अर्थात निशेधाज्ञाको कार्य स्वागत योग्य रहेको भन्दै मानिसलाई एक आपसमा सामाजिक दुरी कायम गरि सार्वजनिक ठाँउमा जम्मा नहुन, सरसफाईमा ध्यान दिन, भारत, तेस्रो मुलक र जिल्ला बाहीरका शहरबाट आएका ब्यक्तिलाई होम क्वारेन्टाईन (गुप्त बास) बसी आफु पनि बाँच्न र आफनो परिवार सहीत अरुलाई समेत बचाउने कार्यमा लाग्न प्रदेश समिती अध्यक्ष नर बहादुर रावलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

यतिबेला धैर्यवान होऔँ, संयमता अपनाऔँ, सावधान होऔँ तर आतङकित नहोऔँ हल्ला र अफबाहबाट भ्रमित र प्रभाबित नहोऔँ भन्दै बिश्व स्वास्थ्य संगठनको आह्वान, नेपाल सरकारको निर्देशन, स्वास्थ्यकर्मि, शिक्षक, बुद्धिजिवीको सल्लाहलाई आत्मसाथ गरौँ, आफु पनि बचौँ अरुलाई पनि बचाऔँ बिज्ञप्तीमा भनिएको छ ।

साथै अध्यक्ष रावलद्धारा जारी गरिएको बिज्ञप्तीमा नेपाल शिक्षक महासंघले थालेको आर्थिक अभियानमा सहभागि बनी सबैलाई सहयोग गरिदिन समेत आग्रह गरिएको छ ।