मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चामल बोकेर गाउँ पुगे दिपक बिष्ट

चामल बोकेर गाउँ पुगे दिपक बिष्ट

मनकारी मान्छेको परोपकारी काम


पूर्णबहादुर खड्का, अछाम

न्याय हेल्थ नेपाल बयलपाटा अस्पताल अछाममा बरिष्ठ सुचना तथा प्रबिधी अधिकृत पदमा कार्यरत दिपक बिष्ट बाजुराको दुर्गम गाउँमा चामल बोकेर पुगेका छन् ।

बाजुरा बुडीगंगा बस्ने दिपक बहादुर बिष्टले आफ्नै गाउँका गरिब तथा असह्यका घरपरिवारलाई चामल बितरण गरेका छन् ।

बुडीगंगा नगरपालिका वडा नं ७ मा बस्ने बिष्टले गाँउका ५० परिवारलाई प्रति परिवार ३० केजी का दरले चामल बितरण गरेका हुन् ।

दैनिक श्रम गरेर गुजारा चलाउने घरपरिवारका सदस्यहरुले अहिले कोरोना भाईरसका कारण जिल्ला लक डाउन भएको अवस्थामा उनिहरुले काम गर्न नसरेर दैनिक गुजारा चलाउन कठिन भएको भन्दै आफुले सहयोग स्वरुप चामल बितरण गरेको बिष्टले बताउनु भयो ।

बिष्टले सामाजिक मनोभावनाले सहयोग गरको बताएका छन् । बिष्टले यस अघि पनि बाजुरा जिल्लामा संचालनमा रहेको अनाथालयमा समेत सहयोग गरेका थिए ।

सामाजिक क्षेत्रमा क्रियाशिल बिष्टले पछिल्लो समयमा परोपकारी काम गर्दै आईरहनु भएको छ ।

यस्तो अप्ठरो समयमा केही हद् सम्म भएपनि उनिहरुलाई राहत मिलोस भनेर आफुले चामल दिएको बिष्टले बताए ।