मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा ‘लकडाउन’ को व्यापक उल्लंघन

धनगढीमा ‘लकडाउन’ को व्यापक उल्लंघन


धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सरकारले जारी गरेको ‘लकडाउन’ को व्यापक उल्लंघन हुन थालेको छ। राजधानीवासीले सरकारले जारी गरेको लकडाउन र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने क्रम ह्वात्तै बढेको हो। बिहिवार विहानैदेखि धनगढी बजार क्षेत्रमा समेत निर्वाध रुपमा आवतजावत भईरहेको छ।

स्थानीय प्रशासनले अत्यावश्यक कामका लागि मात्रै आवतजावतको अनुतमी दिएपनि राजधानीवासीले भने कोरोना रोकथामका लागि जारी गरिएको लकडाउनको उल्लंघन गर्दै निर्वाध रुपमा आवागमन गरिरहेका हुन्। अहिले पनि राजधानीवासी विभिन्न बहाना बनाएर बजार क्षेत्रमा डुलिरहेका छन्। धनगढीको ट्राफिक चौराहदेखि क्याम्पसचोक सम्म सबैभन्दा बढि उल्लंघन बढेको छ भने धनगढीका ग्रामिण क्षेत्र सुनसान छन्।

सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रका स्थानीयले लकडाउनको पालना गरेका छन्। बैंक तथा वित्तिय संस्था, किराना पसल, मासु पसल र तरकारी पसल निर्वाध रुपमा सञ्चालन भईरहेका छन्। खाद्यान्न ढुवानीमा पनि कुनै अवरोध गरिएको छैन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि सुरुवातको दिनभन्दा अहिले अवज्ञा गर्ने क्रम बढेको स्विकार गरेको छ। साँझको समयमा लकडाउनको उल्लंघन बढिरहेको बताउँदै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘मंगलवार ६४ र बुधवार साँझ मात्रै एक सय २८ सवारी साधन नियन्त्रणमा लिएका छौँ। हामीले निगरानी बढाएपनि स्थानीयले अटेरी गरिरहेका छन्।’ उनका अनुसार स्थानीय तहहरुले राहत वितरण र तथ्याङक संकलन समेत सुरु गरेका कारण आवागमन बढेको हो।

स्थानीय प्रशासनले मंगलवारदेखि लकडाउनमा कडाई गरिएको जनाएको थियो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैलालीमा लकडाउनसंगै निषेधाज्ञा पनि जारी नै रहेकाले अवज्ञा गर्नेलाई ६ महिना कैद समेत हुन सक्ने बताएका थिए। तर अवज्ञा बढेपनि स्थानीय प्रशासनले कडाई गर्न सकेको छैन्। प्रमुख जिल्ला अधिकारी बोहराले भने आजदेखि सञ्चारकर्मीलाई समेत कार्यालयमै बसेर काम गर्न आग्रह गरेका छन्।