मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुवातास खेल्ने र खेलाउने कसैलाई नछोड्ने डीएसपी बमको भनाइ

जुवातास खेल्ने र खेलाउने कसैलाई नछोड्ने डीएसपी बमको भनाइ


जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पबिन्द्र बमले जिल्लामा जुवातास नियन्त्रणका विषयमा कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ ।

उहाँले जुवातास खेल्ने तथा खेलाउने जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने बताउनुभएको छ ।
“विगतमा कसले के ग¥यो भन्ने विषयमा जान चाहँदैनौँ तर, अब अछाममा जुवातास नियन्त्रणका विषयमा कुनै पनि प्रकारको सम्झौता हुँदैन ।

प्रहरीको संलग्नतामा वा अन्य कुनै पनि स्थानमा जुवातास खेल्ने तथा खेलाउने गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिनेछ,” डीएसपी बमले स्पष्ट पार्नुभयो ।

उहाँले समाजमा हुने गैरकानुनी तथा अनैतिक गतिविधि नियन्त्रण गर्न प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिबारे जानकारी पाएमा तत्काल प्रहरीलाई सूचना दिन नागरिकलाई आग्रह गर्नुभएको छ। अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्नसमेत उहाँले सबै नागरिकलाई अनुरोध गर्नुभयो ।

विशेषगरी दसैँ–तिहारजस्ता चाडपर्वका समयमा अछाम जिल्लाका विभिन्न स्थानमा लुकीछिपी जुवातास खेल्ने गरिएको भन्दै जनगुनासो बढ्ने गरेको छ । यस्ता गतिविधिले समाजमा विकृति बढाउनुका साथै आर्थिक तथा सामाजिक समस्या निम्त्याउन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि प्रहरीले विशेष योजना अघि सारेको डीएसपी बमले बताउनुभयो ।

उहाँले कानुनविपरीतका गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहने स्पष्ट पार्दै जुवातास खेल्ने, खेलाउने वा त्यस्ता गतिविधिलाई संरक्षण गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने सन्देश दिनुभएको छ ।