मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एम्बुलेन्सको ठक्करबाट नेकपाका एक नेताको मृत्यु

एम्बुलेन्सको ठक्करबाट नेकपाका एक नेताको मृत्यु


धनगढी – एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएका नेकपा कैलालीका नेता दण्डबिक्रम बिष्टको आज मृत्यु भएको छ। १८ गते दुर्घटना भएकोमा आज उपचारका क्रममा उनको कोहलपुरमा मृत्यु भएको नेकपा कैलालीका सचिव लालवहादुर सोडारीले बताए।

१८ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरबाट बिरामी लगेर नेपालगन्ज जाँदै गर्दा कोहलपुरमा भे १ च ८२४ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा से ५ प ४८४ नम्बरको मोटरसाइकलमा सवार उनी गम्भिर घाईते भएका थिए।

मोटरसाईकलमै सवार शोभा केसी बटालाको मृत्यु भएको थियो। केसी प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी पदमा कार्यरत थिईन्। कैलालीको साढेपानी बस्दै आएका विष्ट भने तत्कालीन जनमुक्ति सेनाका कमान्डर हुन्। उनी भुमीगत हुन अघि भने सरकारी शिक्षक थिए। उनी पूर्व माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समिति सदस्य समेत बनिसकेका थिए।