मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकल महिला, बृद्धबृद्धा, अपाँग र टुहुरालाई खाद्यान्न बाड्छौँः अध्यक्ष बोहरा

एकल महिला, बृद्धबृद्धा, अपाँग र टुहुरालाई खाद्यान्न बाड्छौँः अध्यक्ष बोहरा


कमल रावल, चैत २० अछाम

मेल्लेख गाउपालिकाले गाउपालिका बासिलाई खाद्यान्नको अभाब नहोस भनेर तत्काल ३ सय ४० क्विन्टल चामल वितरण गर्ने भएको छ ।

कोरोनाभाईरसको संक्रमणका कारण देशमा लकडाउन सुरु हुनु अगाबै पनि गाउपालिकाले २ सय ५८ क्विन्टल चामल वितरण गरेको र हाललाई वितरण गर्नुपर्ने ३ सय ४० क्विन्टल चामल एक दुुई दिनमा गाउपालिकामा पुुगेपछि आफ्नो कार्यपालिकाको निर्णय अनुसार चामल, दाल, तेल र नुन एकसाथ जनतालाई वितरण गरिने गाउपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भयो ।

धनगढीबाट अछाम ल्याउन गाडीको पासका लागि प्रमुुख जिल्ला अधिकारीसँग समन्वय भईसकेकाले जनतालाई नआत्तिन आग्रह गर्दै आफ्नो गाउपालिकाले एकल महिला, बृद्धबृद्धा, असहाय, अपाँग र टुहुुरा घरपरिवारका ब्यक्तिलाई निशुल्क खाद्यान्नका सामाग्री वितरण गर्ने बताउनु भयो ।

उनिहरुलाई वितरणका लागि यसअघि कार्यपालिकामा निर्णय समेत भईसकेकाले अबको दुुई तिन दिनभित्र सबै वडा अध्यक्ष, राजनितिकदल, शिक्षक, समाजसेबिले सहयोग गरि बास्तविक ब्यक्तिको नामावलि छनोट गरि गाउपालिकामा पठाउन समेत उहाँले आग्रह गर्नुु भएको छ ।

यतिबेलाको समस्या बिश्वको भएकाले लकडाउनको पुर्ण रुपमा कार्यान्वयन गरि सहयोग गरिदिन गाउपालिका बासिलाई आग्रह गर्दै कोरोनाभाईरसको लक्षण देखिए वा संक्रमण भए सबै खर्च समेत गाउपालिकाले बेहोर्ने रेडियो रामारोशनसँग बताउनु भयो ।

यस अघि मेल्लेख गाउँपालिकाले वडा १ ऋषिदमा ६५ क्विन्टल, वडा नम्बर ३ ठाटीमा ५५ क्विन्टल, वडा नम्बर ४ कुष्कोटमा ८० क्विन्टल, वडा नम्बर ५ विन्देवासिनिमा ४० क्विन्टल र वडा नम्बर ७ नन्देगडामा ५० क्विन्टल चामल वितरण गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिक्मत वुढाले बताउनु भयो । यसपछि अव वडा नम्बर २ ऋषिदह, वडा नंम्बर ६ शोडषा र वडा नम्बर ८ हात्तिकोटलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनु भयो ।