मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउपछि मृत्यु पर्खिदै सुदूरपश्चिमका मिर्गौला बिरामी

लकडाउपछि मृत्यु पर्खिदै सुदूरपश्चिमका मिर्गौला बिरामी


धनगढी – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ कि सोनु सिनाल भारतको खटिमास्थित तपन अस्पतालमा डायलासिस गराउँदै आएकी थिईन्। लकडाउन र सीमा नाका बन्द भएपछि भारत जान समस्या भयो। लकडाउनको तेश्रो दिन उनी एम्बुलेन्समा धनगढी पुगिन्। निशुल्क भनिएको डायलासिस गराउनका लागि सोनुले तीन हजार पाँच सय रुपैँया तिरिन्। सेती प्रादेशिक अस्पतालमा डायलासिस सञ्चालन गर्दै आएको बिरंग हेल्थ केयरले सोनुलाई हेपाटाइटिस सी पनि भएको र अर्को पटक सेवा दिन नसकिने भन्दै घर पठायो।

बिरंगले सेतीमै नियमित डायलासिस गराउने विरामीका लागि समेत सामाग्री अभाव हुन थालेको प्रंतिक्रीया दिएको थियो। ‘अर्को पटक नआउनु भनेपछि डायलासिसका लागि कोहलपुर गए, एम्बुलेन्समा। कोहलपुरमा पनि डायलासिस बिरंगले नै सञ्चालन गरिरहेको छ। त्यहाँ पहिले हेपाटाइटिसको बिरामीलाइ छुट्टै मेसिनको व्यवस्था थियो। तर अहिले मेसिन छैन भनेर डायलासिस गारउन नमिल्ने भनियो। तर मलाई हेपाटाइटिस सन्चो भईसकेको थियो।’ सोनुले दिनेश खवरलाई भनिन्।

उनका अनुसार एक पटक भएपनि डायलासिस गराईदिन गुहार गरेपछि बिरंगले राति आँठ हजारमा डायलासिस गरिदिने भनेको थियो। भर्नाको प्रक्रिया पूरा गर्दा थप दुई हजार खर्च भयो। तर फिस्टुला चलाउन सकिएन्। बिरामीका लागि असजिलो उपाय अपनाउँदै अस्थायी क्यानेला लगाएर २ बजे राति डाइलोसिस भयो। कोहलपुरले पनि अर्को पटकलाइ नसकिने भनेर रिफर लेखिदिएपछि अब फेरी डायलासिस कहाँ गराउने चिन्ताले सोनु र परिवारका सदस्यलाई सताएको छ। कोहलपुरमा एक पटक डायलासिस गराउनका लागि मात्रै डायलासिस र भर्ना शुल्क तथा एम्बुलेन्स भाड गरेर सोनुको २६ हजार खर्च भएको छ।

दुवै मृगौलाले बिग्रिएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका १८ जानकी टोलकी ६१ बर्षिया बृद्ध हिरादेवी बोहराको भारतको भोजिपुरा स्थित राममूर्ति अस्पतालमा डाईलासिस हुन्थो। भारतमा समेत लकडाउन भएपछि बोहराको डाईलासिस एक पटक सेती अस्पतालमा गरियो तर नियमित डायलासिसका लागि भारत जाने अनुमती भने बोहरालाई दिईएन्।

हिरादेवीका श्रीमान अमरसिह बोहरा भारतीय सेनाका पुर्व कर्मचारी भएका कारण निकै संघर्षपछि अहिले भने भारतमा डायलासिस गर्न जाने अनुमती प्राप्त भएको छ। हिरादेवीका छोरा जगदिश बोहराले भने, ‘कञ्चनपुरका केही जनप्रतिनिधिको पहल र दूतावासको सहयोगले अहिले आमालाई भोजिपुरा पुगाएका छौँ। लकडाउनपछि डायलासिस गराउनकै लागि ठूलो समस्या भोग्नुपरेको छ।’

कञ्चनपुरको पुनरवास नगरपालिकाका घनश्याम चौधरी सेती प्रादेशिक अस्पतालमा साताको दुई पटक डायलासिस गराउँदै आएका थिए। तर लकडाउनपछि भने उनलाई साताको एकै पटक डायलासिसका लागि पालो पाउँन समेत समस्या छ। नियमित डायलासिस नहुँदा समस्या भईरहेको बताउँदै चौधरीले दिनेश खवरलाई भने, ‘सार्वजनिक सवारी साधन बन्द हुँदा अस्पताल सम्म पुग्न समेत समस्या छ।’

सुदूरपश्चिमका अधिकासं मिगौला बिरामी डायलासिसका लागि कोहलपुर गईरहेका छन्। सो क्रममा उनीहरुले सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा एम्बुलेन्सको चर्को भाडा तिर्नुपरेको छ। अहिले सेती प्रादेशिक अस्पतालमा पनि विगतमा भारत र अन्य क्षेत्रमा डायलासिस गराउँदै आएका मिर्गौला विरामीको चाप छ।

सेती प्रादेशिक अस्पतालबाट अहिले साप्ताहिक रुपमा ५० जनाले डायलासिस सेवा पाईरहेका छन् भने बाँकी त्यो भन्दा ठूलो सङख्याका रहेका विरामी भने अहिले डायलासिस गर्न नपाएर समस्यामा छन्। सेती प्रादेशिक अस्पतालमा सञ्चालन भईरहेको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले नियमित डायलासिस गराउँदै आएका विरामीलाई प्राथमिकता दिईएको बताए।

‘लकडाउनपछि डायलासिसका लागि अस्पताल पुग्ने विरामीको सङख्या बढेको छ। तर हामीले नियमित विरामीलाई नै सेवा दिईरहेका छौँ। उनीहरुलाई पनि साताको दुई पटक सेवा दिन सकिएको छैन्।’ भट्टले दिनेश खवरलाई भने। डायलासिसका लागि आवश्यक २९ प्रकारका सामानको भने मौज्जात रहेको उनको दावी थियो।

सेती प्रादेशिक अस्पताल संगको सम्झौतामा बिरंग हेल्थ केयरले विरामीको चाप अनुसार मेसिन बढाउने उल्लेख छ। तर सुरुवातमा १० वटा मेसिनबाट डायलासिस सेवा सञ्चालन गरिएकोमा अहिले थप हुनुको सट्टा झन ५ वटा मेसिन मात्रै सञ्चालनमा रहेका छन्। यस्ले सुदूरपश्चिमका मिर्गौला बिरामी मृत्यु पर्खिन बाध्य भएका छन्। प्रदेश र स्थानीय तहले भने अहिले कोरोना रोकथाम बाहेक अन्य कुनै विषयमा चाँसो दिएका छैनन्। – dineshkhabar