मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा लकडाउनमा कडाई, पसल बन्द गरेर खाद्य सामाग्री घरमै पुगाउने तयारी

धनगढीमा लकडाउनमा कडाई, पसल बन्द गरेर खाद्य सामाग्री घरमै पुगाउने तयारी


धनगढी स् कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन आजदेखि थप कडाईका साथ लागु गरिने भएको छ। कैलाली प्रशासनले धनगढीमा अहिले सञ्चालनमा रहेका किराना, मासु र तरकारी पसल समेत बन्द गर्ने तयारी थालेको हो।

धनगढी उप–महानगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा घुम्ति पसल सञ्चालनको तयारी भएपछि लकडाउनमा कडाई गर्ने तयारी भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। उनका अनुासर घुम्ति पसल सञ्चालनका लागि आज पनि छलफल बोलाईएको छ।

उनले गाडीका पासहरु खारेज गरिसकेको बताउँदै सञ्चारकर्मीलाई समेत घरमै बसेर समाचार संकलन गर्न आग्रह गरे। खाद्य पसल सञ्चालन हुँदा लकडाउन कार्यान्वयनमा चुनौती बढेपछि घरमै खाद्य सामाग्री पुगाउननका लागि तयारी भईरहेको उप–महानगरपालिकाले समेत जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले समेत लकडाउनको उल्लंघन बढेपछि साँझको समयमा निगरानी बढाएको जनाएको छ। पछिल्लो तीन दिनमा मात्रै तीन सय सय सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय कैलालीले जनाएको छ। संघीय सरकारले उद्योग कलकारखाना सञ्चालन हुने गरी लकडाउनलाई खुकुलो बनाउने बिहिवार मात्रै निर्णय गरेको थियो। – dineshkhabar