मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा आईसियुमा उपचाररत युवकको मृत्यु, कोरोना परीक्षण हुने

धनगढीमा आईसियुमा उपचाररत युवकको मृत्यु, कोरोना परीक्षण हुने


धनगढी – धनगढीमा आईसियुमा राखेर उपचार गराईरहेका भारतीय नागरिकको मृत्यु भएको छ। धनगढी स्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष ९आईसियु० मा उपचार गराईरहेका २४ वर्षीय भारतीय युवकको आज बिहान मृत्यु भएको हो।

माया मेट्रो अस्पतालले कञ्चनपुरकोे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीयको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ। अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बीहिबार आईसियुमा राखिएका उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको दिनेश खबरलाई बताए।

उनलाई कम्पनीका सञ्चालक चुडामणी जोशीले नै बीहिबार राती माया मेट्रो अस्पताल पुगाएका थिए। अस्पतालका अनुसार ति युवकमा सुगरको समस्या देखिएको थियो भने निमोनियाको समेत आशंका गरिएको थियो।

आरसिटी एग्रो मेसिनरी कम्पनीका सञ्चालक जोशीले उनी बिरामी परेपछि बुधबार झलारीको एक क्लीनीकमा समान्य परिक्षणपछि सेती अस्पताल ल्याईएको बताए। एक दिन सम्म सेती अस्पतालमै भर्ना गराएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आईसियुमा राख्नुपर्ने सुझाएका थिए।

तर सेतीमा आईसियु खाली नरहेकाले अन्यत्र लैजान भनेपछि जोशीले नै बिरामीलाई माया मेट्रो अस्पताल पुगाएका थिए। यसैबिच मृतकमा थ्रोट स्वाब संकलन गरी परिक्षण गरिने माया मेट्रो अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार कोरोनाको लक्ष्यण नदेखिएपनि भारत शव लैजादा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएकाले परीक्षण गरिन लागिएको हो। उनको स्वाब संकलनका लागि सेती अस्पतालबाट स्वास्थ्यकर्मी पुगिसकेको अस्पतालले जनाएको छ।