मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्नै मुलुकमा प्रवेश गर्न नपाएका नागरिकको दर्दनाक अवस्था प्रति अछाम सहित सुपका ९ जिल्लाकै सभापतिको ध्यानाकर्षण

आफ्नै मुलुकमा प्रवेश गर्न नपाएका नागरिकको दर्दनाक अवस्था प्रति अछाम सहित सुपका ९ जिल्लाकै सभापतिको ध्यानाकर्षण


अछाम ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका ९ जिल्लाकै सभापतीले आज एक विज्ञप्ती जारी गरी यस प्रदेशका नागरिकहरुले आफ्नो देशको सिमानामा आएर आफ्नै मुलुकमा प्रवेश गर्न नपाएको दर्दनाक अवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आफ्नै प्रदेशका नागरिकहरु महाकाली नदि पारी सिमानामै रोकिनु दर्दनाक घटनाक्रमले हामी सारभौम सत्ता सम्पन्न नेपाली नागरिकको सरासर जन्मसिद्ध अधिकार र मौलिक हक हनन भएको हामीले अनुभुती गरिरहेका छौं विज्ञप्तीमा भनिएको छ ।

मुलुक स्वास्थ्य सम्बन्धी गंभीर समस्यामा रहेको बेलामा आम नागरिकलाई अभिभावकत्व प्रदान गर्ने विषयमा कुनै पनि तहको सरकार किन्चित चुक्नु हुँदैन ९ जिल्लाका सभापतिद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

भारतसँग सीमाना जोडिएको र ठूलो संख्यामा रहेका बेरोजगार नेपालीहरु बाध्यतावस रोजगारीका लागि भारतका विभिन्न स्थानहरुमा जाने गरेको हामी सामु कटु सत्य छ तर सरकारले ति अप्ठ्यारोमा परेका नागरिकलाई बिना कुनै हेलच्क्रयाइ प्रवेश गराउनुका साथै निजहरुको लागि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन समेत अनुरोध गर्दछौं विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिम प्रदेश लगायतका समस्त नेपाली नागरिकहरुको कुटनितिक पहल मार्फत अहिलेको संकटबाट जोगाउन सबैको उचित रेखदेख र व्यवस्थापन गर्नको लागि प्रान्तीय र संघीय सरकारलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

सुदूरपश्चिम सरकारसँग प्रशस्तै बजेट रहदारहदै र प्रतिपक्ष लगायत सबै क्षेत्र विशेषका सरोकारवालाले सरकारलाई हरेक दृष्टिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दागर्दै पनि यहाँको जनताले स्वास्थ्य र संक्रमण सर्नबाट बच्न सामान्य साधनहरु जस्तै माक्स र सेनिटाइजर नपाउने, गरिब, उत्पीडित, असहाय र दैनिक ज्यालादारी गरि गुजारा गर्ने मजदूर लगायतले बाँच्नको लागि थोरै भएपनि राहत समेत प्राप्तगर्न नपाउने, नागरिक स्वास्थ्यका लागि अग्रिम मोर्चामा रहेका स्वास्थ्यकर्मीहरुले गुणस्तरयुक्त पीपीई नपाउने र यो विषम परिस्थितिमा अहोरात्र खटिने सुरक्षाकर्मीले चेकजाँच गर्दा आफ्नो सुरक्षार्थ अति आवश्यक सामाग्री नपाउने अनि जिल्लास्तरमा कोरोना संक्रमणको परिक्षण गर्न नपाउने जस्तो कहाली लाग्दो वास्तविकता हाम्रो लागि अत्यन्तै दयनीय र लज्जास्पद विषय हो विज्ञप्तीमा भनिएको छ ।

सबै कुरा सहेर बस्ने आम नागरिकको स्वास्थ्य प्रति ढिलै भएपनि आउँदा दिनहरुमा गंभीरताका साथ जिम्मेवारीपुर्वक प्रस्तुत हुन विज्ञप्ती माफृत सुदूरपश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराईएको छ ।
विज्ञप्तीमा अगाडी भनिएको छ प्रदेश सरकारले यथाशीघ्र उल्लेखित सबैखाले महत्त्वपूर्ण साधन लगायत श्रमजीवी र विपन्न परिवारका लागि राहत तथा स्वास्थ्य क्षेत्रको लागि तत्काल अति आवश्यक सामाग्रीहरु जुटाई कोरोना भाइरसद्वारा संक्रमित र शंकास्पदहरुको परिक्षण र उपचार गराउन समेत अनुरोध गर्दछौं ।

सम्भावित जोखिमको परिस्थितिलाई दृष्टिगत गर्दै, आफ्नै घरमा रही सरकारद्वारा घोषित “लकडाउन“ अवधीको पूर्णरुपमा पालनागर्न सम्पुर्ण सुदूरपश्चिमवासीहरुमा विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

प्रेस विज्ञप्ती

विश्वभर महामारीको रुपमा प्रभाव बढाउदै गएको कोरोना भाईरस (COVID-19) लाई मुलुकमा थप फैलिन नदिनको लागि नेपाल सरकारले यहि चैत्र ११ गते देखी “लकडाउन”को घोषणा गरी आफ्ना नागरिकहरुलाई आफ्नै घरमा सुरक्षित रहन गरिएको आग्रह सह्रानीय छ । सरकारको यस कदमलाई प्रतिपक्ष र आम नेपाली जनताले पुर्णतः आत्मसात गर्दै आइरहेका छन् । संघीय सरकारका कदमलाई झैं प्रान्तीय सरकारद्वारा कोरोना संक्रमण रोकथामका गतिविधिमा समेत प्रतिपक्ष सरकारकै साथमा हातेमालो गर्दै आइरहेको यथार्थ हामी माझ छ ।

भारतसँग सीमाना जोडिएको र ठूलो संख्यामा रहेका बेरोजगार नेपालीहरु बाध्यतावस रोजगारीका लागि भारतका विभिन्न स्थानहरुमा जाने गरेको हामी सामु कटु सत्य छ । वर्तमान परिस्थितिमा यस सुदूरपश्चिम प्रदेशका नागरिकहरु महाकाली नदि पारी आफ्नो देशको सिमानामा आएर आफ्नै मुलुकमा प्रवेश गर्न नपाएको दर्दनाक अवस्था प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो घटनाक्रमले हामी सारभौम सत्ता सम्पन्न नेपाली नागरिकको सरासर जन्मसिद्ध अधिकार र मौलिक हक हनन भएको हामीले अनुभुती गरिरहेका छौं ।

मुलुक स्वास्थ्य सम्बन्धी गंभीर समस्यामा रहेको बेलामा आम नागरिकलाई अभिभावकत्व प्रदान गर्ने विषयमा कुनै पनि तहको सरकार किन्चित चुक्नु हुँदैन । त्यसकारण हामी, हाल विश्वका विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिम प्रदेश लगायतका समस्त नेपाली दाजुभाइ – दिदिबहिनीहरुलाई कुटनितिक पहल मार्फत अहिलेको संकटबाट जोगाउन सबैको उचित रेखदेख र व्यवस्थापन गर्नको लागि प्रान्तीय र संघीय सरकारलाई आग्रह गर्दछौं । त्यस्तै, महाकाली नदि पारी धार्चुलास्थित नेपाल-भारतको सिमानामा आएर केही दिन अघि देखी रोकिएका नेपाली नागरिकलाई राज्य पनि आफू साथ रहेको महसुस गराउन सरकारले ति अप्ठ्यारोमा परेका नागरिकलाई बिना कुनै हेलच्क्रयाइ प्रवेश गराउनुका साथै निजहरुको लागि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन समेत अनुरोध गर्दछौं ।

सुदूरपश्चिम सरकारसँग प्रशस्तै बजेट रहदारहदै र प्रतिपक्ष लगायत सबै क्षेत्र विशेषका सरोकारवालाले सरकारलाई हरेक दृष्टिले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दागर्दै पनि यहाँको जनताले स्वास्थ्य र संक्रमण सर्नबाट बच्न सामान्य साधनहरु जस्तै माक्स र सेनिटाइजर नपाउने, गरिब- उत्पीडित- असहाय र दैनिक ज्यालादारी गरि गुजारा गर्ने मजदूर लगायतले बाँच्नको लागि थोरै भएपनि राहत समेत प्राप्तगर्न नपाउने, नागरिक स्वास्थ्यका लागि अग्रिम मोर्चामा रहेका स्वास्थ्यकर्मीहरुले गुणस्तरयुक्त पीपीई नपाउने र यो विषम परिस्थितिमा अहोरात्र खटिने सुरक्षाकर्मीले चेकजाँच गर्दा आफ्नो सुरक्षार्थ अति आवश्यक सामाग्री नपाउने अनि जिल्लास्तरमा कोरोना संक्रमणको परिक्षण गर्न नपाउने जस्तो कहाली लाग्दो वास्तविकता हाम्रो लागि अत्यन्तै दयनीय र लज्जास्पद विषय हो । यति हुदाहुदै पनि सबै कुरा सहेर बस्ने आम नागरिकको स्वास्थ्य प्रति ढिलै भएपनि आउँदा दिनहरुमा गंभीरताका साथ जिम्मेवारीपुर्वक प्रस्तुतहुन सुदूरपश्चिम प्रदेश सरकारको हामी ध्यानाकर्षण गराउन चाहन्छौं । तसर्थ, प्रदेश सरकारले यथाशीघ्र उल्लेखित सबैखाले महत्त्वपूर्ण साधन लगायत श्रमजीवी र विपन्न परिवारका लागि राहत तथा स्वास्थ्य क्षेत्रको लागि तत्काल अति आवश्यक सामाग्रीहरु जुटाई कोरोना भाइरसद्वारा संक्रमित र शंकास्पदहरुको परिक्षण र उपचार गराउन समेत अनुरोध गर्दछौं ।
साथै, यस सम्भावित जोखिमको परिस्थितिलाई दृष्टिगत गर्दै, आफ्नै घरमा रही सरकारद्वारा घोषित “लकडाउन” अवधीको पूर्णरुपमा पालनागर्न सम्पुर्ण सुदूरपश्चिमवासीहरुमा विनम्रतापुर्वक आग्रह गर्दछौं ।
जय नेपाल ।

१. मा. कर्णबहादुर मल्ल, प्रदेशसभा सदस्य तथा नेका सभापति, डडेल्धुरा
२. कविराज पण्डित, नेका, सभापति, बाजुरा
३. भरत बहादुर स्वाँर, नेका, सभापति, अछाम
४. हर्कजंग बहादुर सिंह, नेका, सभापति, बझाङ
५. प्रदीप देउवा, नेकाँ ( सभापति, डोटी
६. ललित सिंह बोहरा, नेका, सभापति, दार्चुला
७. नरेन्द्र सिंह थापा, नेका, सभापति, बैतडी
८. हरिप्रशाद बोहरा, नेका, सभापति, कंचनपुर
९. नर नारायण शाह, नेका, सभापति, कैलाली

मिति : २०७६ चैत्र २१ गते