मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम विकास र ल्याक नेपालद्धारा बयालपाटा अस्पताललाई ९० थान तौलिया प्रदान

सम विकास र ल्याक नेपालद्धारा बयालपाटा अस्पताललाई ९० थान तौलिया प्रदान


अछाम

ल्याक नेपाल र सम विकास नेपालले बयालपाटा अस्पताललाई सयूक्त रुपमा ९० थान तौलिया प्रदान गरेका छन् ।

देशभर कोरोना भाईरसको त्रास भईरहेका बेला स्वास्थ्यकर्मी बढी जोखिमा हुने भएकाले आफहरुले सरसफाईको लागि प्रयोग होस भनेर अस्पताललाई तौलिया प्रदान गरिएको सम विकास नेपालका अध्यक्ष पसुपति कुवँरले बताउनु भयो ।

संक्रमण फैलिन नदिन सबैले सरसफाईमा बिशेष ध्यान दिनुपर्ने बेला अस्पताललाई पनि तोलिया प्रदान गरिएको हो ।

सम विकास नेपाल र ल्याक नेपालले सयूक्त रुपमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन आगामी केहि दिनमै स्थानिय तहहरुमा सरसफाईका सामाग्री वितरण गर्ने ल्याक नेपालका अछाम प्रमुख रञ्जला प्याकुरेलले बताउनु भयो ।