मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस रामारोशनद्धारा कोरोना नियन्त्रण आकस्मिक कोषमा २० हजार जम्मा

कांग्रेस रामारोशनद्धारा कोरोना नियन्त्रण आकस्मिक कोषमा २० हजार जम्मा


अछाम – नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले रामारोशन गाउँ पालिकाले सन्चालन गरेको कोरोना नियन्त्रण आकस्मिक कोषमा २० हजार रुपैयाँ जम्मा गरेको छ ।

विश्व भरी फैलिएको नोभल कोरोना भाइरस नियन्त्रणमा हसयोग पुगोस भन्ने हेतुले कांग्रेस रामारोशन गाउँ पालिकाले सहयोग स्वूप रकम जम्मा गरेको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी लाई पालिकाले सन्चालन गरेको आकस्मिक कोषको खातामा जम्मा गरेको रकमको भौचर प्रदान गरि सहयोग गरिएको हो ।

विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रामारोशन गाउँपालिकामा पनि विदेशबाट आउने नागरिक बाट उच्च जोखिममा रहेकाले विपत व्यवस्थापनका लागि सहयोग पुग्ने बिश्वास लिएको छ ।

गाउँपालिका सरकारले सन्चालनमा ल्याएको आकस्मिक कोषमा सक्दो सहयोग गरिदिन हुन कांग्रेसले सबैमा अपिल समेत गरेको छ ।

साथै कांग्रेस रामारोशनले यो विषम परिस्थितिमा स्थानिय सरकारले गर्ने राम्रा कार्यमा पुर्ण सहयोग गर्ने वचन दिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल, नेपाली कांग्रेस रामारोशन गाउँ पालिकन सचिव पुर्ण बहादुर विक, युवा नेता पुष्प बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

सहयोग रकम बुझ्दै गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत भण्डारीले आर्थिक सहयोग गर्ने नेपाली कांग्रेस रामारोशनलाई धन्यवाद दिदै यो संकटको समयमा सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।

साथै उक्त कार्यक्रममै व्यक्तिगत रुपमा ५ हजार ५ रुपैयाँ सहयोग गर्ने नेविसंघ अछामका जिल्ला सदस्य पुष्प बिष्टले पनि भौचर हस्तान्तरण गर्नु भएको थियो ।