मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन उल्लघन गर्ने ३८ जना नियन्त्रणमा एक्बुलेन्स देखी जीप सम्म कार्बाही

लकडाउन उल्लघन गर्ने ३८ जना नियन्त्रणमा एक्बुलेन्स देखी जीप सम्म कार्बाही

१ हजार ७ सय ९२ लिटर घरेलु मदिरा नस्ट


बाजुरा २२ चैत्र — बाजुरा जिल्लामा लकडाउन उल्लघन गर्ने ३८ जना कार्बाहीमा परेका छन । लकडाउनको उल्लघन गर्ने १ एम्बुलेन्स र १ जिप र १० ओटा मोटर साइकल समेत जिल्लाका बिभिन्न स्थानमा कार्बाहीको दायरामा ल्याएको छ ।

लक डाउनको ११ औँ दिनसम्म जिल्लाका बिभिन्न स्थानमा बिभिन्न समयमा प्रहरीको कार्बाहीमा परेका  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराईले बताएका छन् । त्यसै गरी लकडाउनको समयमा जिल्लाका बिभन्न ठाउँमा खटिएको प्रहरी गस्तीले १ हजार ७ सय ९२ लिटर घरेलु मदिरा र ८० पेटी सौफी रक्सी ओरेन्ज नामक रक्सी समेत नस्ट गरेको प्रहरी नायव उपरिक्षक भट्टराईले बताएका छन् ।

से १ ज१०१८ नम्मरको जिप लकडाउनको समयमा १२ जनालाई कैलालीको अत्तरीयबाट आएको र सो जीपलाई समते कार्बाही गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यस्तै से १ च ५२४ नम्मरको एम्बुलेन्सले समेत बिरामी बोकेको बाहानामा अन्य मान्छेलाई धनगढीबाट लकडाउनको उल्लघन गरेको भन्दै अछामका चौखुट्टे प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बाजुराले कार्बाही गरेको प्रहरी नायव उपरिक्षक भट्टराईले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय र बिभिन्न प्रहरी चौकीले बाजुरा जिल्लामा लकडाउनको उल्लघन गरी भलिवल, ब्याडम्यान्टीन खेलीरहेको अबस्थामा फेला पारी भलिवल नेटर ब्याडम्यान्टीन समेत जफत गरेको र खेलीरहेका बालबालिका सबैलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यसै गरी बिभिन्न स्थानमा रहेका हेल्थ डेस्कमा ४ हजार १ सय १५ जनाको स्वास्थ्य चेकजाजमा समेत प्रहरीले सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । – badimalikakhabar