मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा थप तीन जना कोरोना संक्रमित भेटिए

सुदूरपश्चिममा थप तीन जना कोरोना संक्रमित भेटिए


कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनामा संक्रमण भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाका आफन्त, आठौँ मुम्बैबाट फर्किएका २१ बर्षिय पुरुष र नवौँ उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

पहिलो पटक नेपालमै बसेकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको हो। आठौँ संक्रमित कैलालीका २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ। क्वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो। त्यसैगरी नवौँ संक्रमण कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको हो।

उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो। तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ।

कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनका आफुन्तलाई पनि कोरोना संक्रमण भएको हो। – dineshkhabar