मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा भेटिएका नयाँ कोरोना संक्रमितको सेती अस्पतालमा उपचार हुँदै

सुदूरपश्चिममा भेटिएका नयाँ कोरोना संक्रमितको सेती अस्पतालमा उपचार हुँदै


धनगढी: सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ।

शनिबार धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बैबाट फर्किएका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ। 

ती सबैको अहिले सेती अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था समान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताए। 

३४ वर्षीय युवती बाहेक अन्य दुईजनाको नमूना क्वारेन्टाइनबाट संकलन गरिएको थियो भने युवतीको नमूना सेती अस्पतालबाट संकलन गरिएकोे उनले बताए। – dineshkhabar