मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिकामा २० लाखको ‘कोरोना राहत कोष’ स्थापना

तुर्माखाँद गाउँपालिकामा २० लाखको ‘कोरोना राहत कोष’ स्थापना


अछाम । कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अछामको तुर्माखाँद गाउँपालिकाले २० लाख रुपैयाँको कोष स्थापना गरेको छ । साथै प्रत्येक वडामा क्वारेन्टाइन पनि निर्माण गर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको संयोजकत्वमा गठन गरिएको कोष परिचालन समितिले कोषमा रकम जम्मा गर्नकालागि अन्य निकायलाई समेत अनुरोध गर्नुका साथै गाउँपालिकाका आठ वटै वडाका एउटा÷एउटा विद्यालयमा क्वारेन्टाइन स्थापन गर्ने निर्णय गरेको हो । जसमा आवश्यकताका आधारमा बेडहरु तयार पार्ने र त्यसमा आवश्यक सबै सामग्री कोषकै रकमबाट खर्च गरिनेछ ।

प्रत्येक क्वारेन्टाइनमा ज्वरो, रुघाखोकीको तत्काल चेकजाँच गर्ने र औषधी उपलब्ध गराउने व्यवस्था समेत गरिने गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले स्थापना गरेको कोषको रकम परिचालनका क्रममा आवश्यकता परेमा अन्य विभिन्न निकायका व्यक्तिलाई समेत सदस्यका रुपमा समावेस गरिने बताउनुभयो ।

कोषलाई पारदर्शी बनाउन कार्य्विधि निर्माण गरेर अनुमोदन गरिएकाले जम्मा गरिएको रकम कुनैपनि हालतमा दुरुपयोग नहुने भन्दै अध्यक्ष शर्माले त्यसका लागि कोरोना भाइरस सँग सम्बन्धीत राहत, औषधी उपचार, सामग्री व्यवस्थापन जस्ता कुराको खरीद एंव परिचालन गर्दा एउटै मात्र संयन्त्रबाट गर्नेगरी कोष परिचालन समिति गठन गरिएको बताउनुभायो ।

तुर्माखाँदमा कोरोना भाइरसको जोखिम देखिए यता गरिएका कामको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कामको रणनिति पनि तयार गरिएको छ । यो सँगै गाउँपालिकाले दुईदिन भित्र सबै स्वास्थ्य संस्थमा मास्क, गाउन, हेडकभर, गगल्स,ग्लोब्स, एप्रोन जस्ता व्यक्तिगत सुरक्षात्मक उपकरण ९पीपीई० वितरण गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म प्रदेशबाट २० सेट जति सुरक्षात्मक उपकरण ढुवानी भइसकेको छ भने अन्य आवश्यक उपकरण नेपालगञ्जबाट लोड गरिएको छ ।

अब सामग्री पुग्ने वितिकै कोष परिचालन समिति मार्फत प्रत्येक स्वास्थ्य संस्थालाई हस्तान्त्रण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको संयोजकत्वमा गठन गरिएको समितिमा गाउँपालिकाका उपाध्यक्ष अमृतादेबी बुढा, प्रमुख प्रशासकीय अधिकृत बासुदेव भण्डारी, वडा नम्बर ३ का वडाध्यक्ष पदम बीसी, वडा नम्बर ४ का वडाध्यक्ष कविराम बयक, लेखाअधिकृत प्रताप शाही र स्वास्थ्य शाखा संयोजक एकेन्द्र बयक सदस्य हुनुहुन्छ । सोसाइटी संचारबाट