मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरमा संक्रमितको सम्पर्कमा गएका इन्सपेक्टर सहित १४ सुरक्षाकर्मीको नमुना परिक्षण हुने

कञ्चनपुरमा संक्रमितको सम्पर्कमा गएका इन्सपेक्टर सहित १४ सुरक्षाकर्मीको नमुना परिक्षण हुने


कञ्चनपुरका कोरोना संक्रमित युवकको सम्पर्कमा गएका १४ जना सुरक्षाकर्मीको नमुना परिक्षण गरिने भएको छ। भारतको उत्तराखण्डबाट फर्किएका वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको सम्पर्कमा रहेको सिपाहीदेखि सशस्त्र प्रहरी निरिक्षक सम्मका १४ जना सुरक्षाकर्मीको नमुना संकलन गरि परिक्षण गरिने भएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले संक्रमित युवक सहित भारतबाट अवैध बाटो प्रयोग गरी आएका ११ जनालाई पक्राउ गर्दै गड्डाचौकी नाका सम्म पुगाउने र अन्य व्यवस्थापनमा संलग्न सुरक्षाकर्मीमा कोरोना भाईरस९कोभिड–१९० को परिक्षण गर्न सकभर आजै नमुना संकलन हुने बताए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक बिरबहादुर साहुले संक्रमित युवकको सम्पर्कमा गएका सबै सुरक्षाकर्मीको अवस्था समान्य रहेको जानकारी दिए। उनका अनुसार कञ्चनपुरको ब्रह्मदेव नाकाबाट नेपाल प्रवेश गर्न खोजेका संक्रमित सहितका ११ जनाको समूहलाई पाँच जना सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको थियो।

उनीहरुलाई गड्डाचौकी नाकाबाट ल्याएर क्वारेन्टाईनमा व्यवस्थापन गर्ने काममा थप ९ जना सुरक्षाकर्मी परिचालन भएको थिए। युवकमा कोरोना पोजेटिभ देखिएपछि ती सबै सुरक्षाकर्मीलाई छुट्टै क्वारेन्टाईनमा राखिएको छ। उनीहरुको थ्रोट स्वाब संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ। – dineshkhabar