मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको र्‍यापिड टेस्टिङका लागि तालिम प्राप्त टोली आज सुदूरपश्चिम आउँदै

कोरोनाको र्‍यापिड टेस्टिङका लागि तालिम प्राप्त टोली आज सुदूरपश्चिम आउँदै


कैलाली स् कैलाली र कञ्चनपुरमा कोराना भाईरस ९कोभिड–१९० को र्‍यापिड टेष्टमा खटिने तालिम प्राप्त टोली आज आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएको ७ सदस्यीय तालिम प्राप्त टोली आज सुदूरपश्चिम आउन लागेको प्रादेशिक स्वास्थ्य निर्देशनालय धनगढीका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए।

‘र्‍यापिड टेस्टिङका लागि ७ सदस्यीय तालिम प्राप्त टोली काठमाडौँबाट आज आउँदैछ, टोलीमा को–को हुनुहुन्छ त्यसपछि मात्र थाह हुन्छ।’ निर्देशक अवस्थीले भने। सरकारले कैलाली र कञ्चनपुरमा चार जना कोरोना संक्रमित भेटिएपछि डेन्जर जोनमा राख्दै र्यापिड टेस्टिङ गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकर्ले र्‍यापिड डायग्नोस्टिक टेष्ट ९आरडीटी० प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो। सुरुमा कैलालीमा दुबईबाट आएका ३१ वर्षीय युवकमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो। पछिल्लो पटक युवककी भाउजुमा पनि कोरोना पोजेटिभ देखिएको छ।

छिमेकी भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका थप दुई पुरुषमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमलाई डेन्जर जोनमा राख्दै दुवै जिल्लामा र्‍यापिड टेस्टिङ गर्न लागेको हो। काठमाडौँ आउने टोलीले पहिलो चरणमा कैलाली र कञ्चनपुरका क्वारेन्टाईनमा राखिएका सबैको नमुना परिक्षण गर्ने बताईएको छ।

सुदूरपश्चिममा भारतबाट फर्किएका झण्डै दुई हजारलाई क्वारेन्टाईनमा राखिएकोमा कैलाली र कञ्चनपुरमा मात्र छ सय जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। – दिनेशखबर बाट