मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतलाको सहयोगार्थ जनस्तरको सहयोग अभियानमा दोश्रो दिन १ लाख २६ हजार सहयोग गर्ने घोषणा

बयालपाटा अस्पतलाको सहयोगार्थ जनस्तरको सहयोग अभियानमा दोश्रो दिन १ लाख २६ हजार सहयोग गर्ने घोषणा

२ दिन गरेर जम्मा ३ लाख ७१ हजार सहयोग गर्ने घोषणा


सरिता खड्का,२६ चैत्र, अछाम

अछाम स्थित बयालपाटा अस्पताललाई कोरोना भाईरस नियन्त्रण तथा रोकथाम अस्पताल बनाउन नागरिक स्तरबाट अस्पताललाई आर्थिक सहयोग अभियानमा स्वेच्छिक रुपमा आर्थिक सहयोग घोषणा अभियान जारी रहेको छ ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न जनस्तरबाट सहयोगको अभियान सुरु गरिएको हो ।

जस अन्र्तगत कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोग गर्ने अभियान सुरु गरिएको समाजसेवी तथा अभियानकर्ता कृष्ण कुवँरले बताउनु भयो ।
जस अन्र्तगत अभियान थालनी भएको दोश्रो दिन आज १ लाख २६ सहयोग गर्ने विभिन्न समाजसेवी व्यक्ती तथा क्षेत्रबाट घोषणा भएको छ ।

नेपाली काग्रेस नगर सभापति गोकुल भाटले २५ हजार, मेल्लेख गाउपालिका बिन्देबासिनी वडा सदस्य रेवन्त अधिकारी २५ हजार ५ सय, नेपाल बिधुत प्राधिकरणका प्रमुख विजयराज रेग्मी २१ हजार, नेपाल ट्रेड यूनियन काँग्रेस अछामका अध्यक्ष चित्रराज बजगाई १५ हजार, शान्ती मावि मार्कु प्रधनाध्यापक मोतीलाल सुवेदी १० हजार, साँफेवगर नगरपालिका ईन्जिनियर निराजन शाह १० हजार, नेपाली काग्रेसका क्षेत्रीय सचिव रेवन्त ठकुल्ला १० हजार, नेपाल विधुत प्राधिकरण.अत्तरीयाका भुवनेश्वरी मुडभरीले ५ हजार १ सय, प्रभा धम्कोट मावि विधालय.व्यवस्थापन समिति अध्यक्ष रगं बहादुर ठकुल्लाले ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

अहिले लकडाउनले गर्दा पैसा जम्मा हुने काम हुन नसकेको भन्दै सबैले केही सहजता आउने वित्तिकै न्याय हेल्थ नेपालको खातामा सिधैँ जम्मा गर्ने प्रतिक्रिया दिएका छन् ।

केहीले मोबाईल बैँकिगं मार्फत पनि पैसा जम्मा गरेको अभियानकर्ता कृष्ण कुवँरले बताउनु भयो ।
यो अभियानले अस्पतालाई आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामाग्री व्यावस्थापन गर्न सहज हुने र जसले गर्दा कोरोना भाईरस संग लड्न सकिने भन्दै सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

अहिलेको बिशम परिस्थितीमा बयालपाटा अस्पतालमै कोरोना भाईरसको परिक्षणका लागि आवश्यक पूर्वाधार भएमा यस प्रदेश र कर्णालीका समेत केही जिल्लाका जनतालाई सेवा दिन सकिने छ ।

हिजो सुरुको दिन २ लाख ४५ हजार सहयोग गर्ने घोषणा भएकोमा आज एक लाख २६ हजार गरेर जम्मा ३ लाख ७१ हजार सहयोग प्राप्त हुने घोषणा भएको छ ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ (न्याय हेल्थ नेपाल),
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९ (न्याय हेल्थ नेपाल)

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।