मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ वटै वडाका स्वास्थ चौकीलाई पीपीई बितरण

१४ वटै वडाका स्वास्थ चौकीलाई पीपीई बितरण


साँफेबगर नगरपालिकाले १४ वटै वडाका स्वास्थ चौकीहरुलाई पर्सनल प्रोटेक्टीभ ईक्पमेन्ट पीपीई बितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रत्येक स्वास्थ चौकीलाई २÷२ का दरले २७ वटा पीपीई बितरण गरिएको नगरका स्वास्थ शाखा प्रमुख पुष्प बुढाले जानकारी दिनु भयो ।

स्वास्थकर्मीहरुलाई पीपीई प्रयोग गर्न पनी सिकाईएको उहाले बताउनु भयो । बयलपाटा अस्पतालका डाक्टर बिकास गौचनले पीपीई कसरी प्रयोग गर्ने भन्ने बिषयमा जानकारी गराउनु भएको हो ।

डाक्टर गौचनले पीपीई प्रयोग गर्न नजान्दा बिश्वमा थुप्रै स्वास्थकर्मी सक्रमीत भएकाले स्वास्थकर्मीले पीपीइ प्रयोगमा ध्यान दिनुपर्ने बताउनु भयो ।