मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मार्सी धानको बिउ राख्न भारतबाट जुम्ला फर्किएका ३ सयको कोरोना परीक्षण

मार्सी धानको बिउ राख्न भारतबाट जुम्ला फर्किएका ३ सयको कोरोना परीक्षण


जुम्लामा चैत महिनाको १२ गते मार्सी धानको बिउ राख्ने चलन छ।

त्यसैले जिल्लाबाट काम गर्न भारत गएकाहरू चैत १२ गतेसम्म जसरी पनि जुम्ला आइपुग्छन्।

सबैले बिउ राख्ने र रोप्ने काम एकैचोटी गर्छन्। १२ गते भिजाएको बिउ २० गते खेतमा छर्किन्छन्।

यो वर्ष पनि चैत लागेसँगै मानिसहरू भारतका विभिन्न ठाउँबाट घर फर्किने क्रम सुरू भएको थियो।

पहिलो साता हिँडेकाहरू सहजै घर आइपुगे। चैत १२ गतेसम्म आइपुग्ने हिसाबले हिँडेकाहरू लक डाउनले अड्किए।

घर अइपुगेकाले बिउ राख्न पाए। लकडाउनले अड्किएकाहरू १९ गतेसम्म घर आइपुगे। बिउ राख्न र घर आउन पाएका सबैजना खुसी थिए। यही बीचमा भारतमा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण बढ्दै गयो।

त्यसपछि भारतबाट आएका व्यक्तिहरू संक्रमणको उच्च जोखिममा रहेको चर्चा चल्न थाल्यो। जुम्लामा पनि चैत महिनामा ३ सय बढी मानिस भारतका विभिन्न ठाउँबाट आएका थिए।

बिउ राखेर घरमै बसिरहेका उनीहरूलाई स्थानीय तहले निगरानी बढाउन सुरू गर्‍यो। जुम्लाका आठ वटै स्थानीय तहसँग जिल्ला प्रशासन कार्यालयले समन्वय गर्‍यो।

त्यसपछि भारतबाट आएकाहरूको स्थानीय तहले विवरण लिन थाले। विवरणमा भएका सबैको परीक्षण गर्न जिल्लाले केन्द्रसँग माग गर्‍यो।

ुजिल्लामा जोखिम बढेपछि भारत लगायत तेस्रो मुलुकबाट आएकाको विवरण परीक्षणको माग राखी केन्द्रलाई पठयौं,ु प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सेतोपाटीसँग भनिन्।

प्रजिअ बञ्जाडेले मंगलबार ३ सय २४ जनाको नमूना संकलन गरेर काठमाडौं पठाइएको बताइन्।

त्यसमा ३ सय बढी भारतबाट आएका व्यक्ति, केही तेस्रो मुलुक र केही जेष्ठ नागरिकको पनि नमूना रहेको उनले जानकारी दिइन्।

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले केही व्यक्तिको नमूना लिन छुटेको र उनीहरूको पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर संकलन गर्ने तयारी रहेको बताइन्।

बुधबार नमूना संकलन गर्नलाई नेपाली सेनाको टोली हेलिकप्टर र स्काइ ट्रकमा जुम्ला पुगेको थियो।

मेयर सेजुवालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै परीक्षण गर्ने ल्याब स्थापना गर्न आफूहरूले माग गरेको बताइन्।

ुप्रतिष्ठानले हामीसँग जनशक्ति छ। केन्द्रले सहयोग गर्यो भने परीक्षण गर्न सक्छौं भन्नुभएको छ। यसबारे हामीले पनि पहल गरेका छौं,ु उनले भनिन्।

अहिलेसम्म जिल्लामा नौं जनाको कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।

प्रमुख जिल्ला अधिकारी बञ्जाडे ३ सय २४ जनाको नतिजा आएपछि जिल्लामा संक्रमणको जोखिम भएरनभएको थाहा हुने बताउँछिन्। उनका अनुसार अहिले जिल्लामा ३३ जना क्वारेन्टाइनमा छन्।

सरकारले जुम्ला, डोटी र अछाममा कोरोना संक्रमणको जोखिम बढी रहेको ठहर गर्दै यी जिल्लामा सघन रूपमा परीक्षण बढाउने निर्णय गरेको थियो।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यी तीन जिल्लाबाट ८ सय बढी नमूना काठमाडौं ल्याइएको जानकारी दिए। – setopati.com