मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद वडा नं. ५ मा आगलागी भएका घरपरिवारलाई राहत दिने अध्यक्ष बिसीको प्रतिवद्धता

तुर्माखाँद वडा नं. ५ मा आगलागी भएका घरपरिवारलाई राहत दिने अध्यक्ष बिसीको प्रतिवद्धता


अछाम ः तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बीसीले आगलागी भएको परिवालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गाँउपालिकाको वडा नं. ५ तिलचौर, नाडा र नाउली पातलमा भएको आगलागीबाट पिडित घरपरिवारलाई आर्थिक भौतिक रुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

तुर्माखाँद गाउँपालिका वडा न. ५ तिल्चौर, नाडा र नाउली पातलका बिभिन्न सामुदायिक बनमा लागेको आगलागीबाट क्षति पुगेको ठाँउको अध्यक्ष सहितको टोलिले अनुगमन गरेको हो ।

गाँउपालिका अध्यक्ष बि.सी सहित ईलाका प्रहरी कार्यलय कमलबजारका प्रहरी निरिक्षक बिरेन्द्र जुहारी सहितको टोलीले सो क्षेत्रको अनुगमन गर्दै बिबरण समेत संकलन गरेको छ ।

आगलागीबाट भक्तराज उपाध्याय, पूर्ण प्रसाद उपाध्याय र धर्म राज उपाध्यायको घरमा क्षति पुगको थियो । आगजनीबाट मानवीय क्षेति नभएको भएपनि खाध्यानहरु, मकैको एक खलिया, दार, काठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

साथै एक घर समेत पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी चौकी तुर्माखाँदका ईन्चार्ज राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । तत्कालै प्रहरी चौकी बाट खटिएको टोलिले आगो नियन्त्रण लिएकाले थप क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।