मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिका वडा नं २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कमलबजार नगरपालिका वडा नं २ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


अछाम : जिल्लाको कमलबजार नगरपालिका वडा नं २ बजुडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गत आ.व २०७९/८० को प्रगति समिक्षा तथा आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

वडाको गत आर्थिक बर्ष २०७९/८० को चालु र पुजिगत तर्फ गरि कुल बिनियोजित बजेट ५८ लाख १६ हजार छ भने ५३ लाख १० हजार ६ सय ६८ रुपया खर्च मध्य जम्मा ९१. ३१ प्रतिशत खर्च भएको छ।

आर्थिक बर्ष २०८०,८१ को पुजिगत तर्फ कुल बिनियोजित रकम ३६ लाख ९८ हजार ६ सय १९ पुजिगत तफ हालको खर्चको बिबरण ६ लाख १२ हजार ४ सय को १६ .५५ प्रतिशत खर्च भएको छ भने चालु तर्फ को कुल बिनियोजित रकम ६ लाख मध्य चालु तर्फ हाल को कुलको खर्चको बजेट २ खाल ९४ हजार ४ सय ३७ मध्यको ४९.०७ प्रतिशत बराबरको खर्च भएको कार्यक्रम तथा योजनाको सार्वजनिक सुनुवाई गरिएको वडा सचिव धिरेन्द्र भण्डारीले बताए ।

वडा मार्फत भएका कामको पार्दर्शिता र जवाफदेहिता तथा वडा स्तरीय सवाल जवाफ सहित सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको उनले बताए । वडा मार्फत भएका कार्यक्रम तथा योजना र कामको बारेमा सहभागीहरुले जिज्ञाशा तथा प्रश्न गरेका थिए भने वडाध्यक्षले सहभागीले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

वडाध्यक्ष दिघा टमटाको अध्यक्षतामा भएको सार्वजिनक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपलिका नगर उपप्रमुख सारदा बिष्ट कुवर रहेकी थिइन् सार्वजिनक सुनुवाई कार्यक्रमकमा वडा सदस्य नेपाली काँग्रेसका प्रतिनिधि, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि नेकपा एमालेका प्रतिनिधि, कमलबजार प्राथमिक स्वास्थ्य चौकिका ईन्चाज बल बहादुर बिष्ट महिला स्वास्थय स्वयमसेबिका लगाएतकले सुझाव सहितको मन्तव्य राखेका थिए। हरिवम नेपालिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव धिरेन्द्र भण्डारीले गरेका थिए ।