मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामकाे आयुर्वेद सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम कमलबजारमा सम्पन्न

अछामकाे आयुर्वेद सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम कमलबजारमा सम्पन्न


अछाम : जिल्ला आयुर्वेद कार्यालय अछामले प्रदान गर्ने सेवा विस्तारका बारेमा सरोकारवाला संगको अभिमुखीकरण कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । सञ्चारकर्मि तथा जनपर्तिनिधीहरुसंग आयुर्वेद सम्बन्धि अभिमुखिकरण कार्यक्रम जिल्ला आयुर्वेदको आयोजनामा अछामको कमलबजारमा संम्पन्न भएको हो । उक्त अभिमुखिकरण कार्यक्रमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा हालसम्म उपलब्ध सेवाको बारेमा सहभागिलाइ बिस्तृत रुपमा जानकारी गराइएको थियो । आयुर्वेद उपचार पद्धतिको महत्व दिन प्रतिदिन बढ्दै गएको भन्दै कमलबजारका जनप्रर्तिनिधिहरुले आयुर्वेद स्वास्थ्य केन्द्र कमलबजारमा पनि स्थापित हुनुपर्ने माग गरेका छन । आयुर्वेद सम्बन्धि अभिमुखिकरण कार्यक्रमका सहभागी वक्ताहरुले न्युन बजेट, कम जनशक्तिका बिच पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निकै प्रभावकारी र परिणाममुखि काम गरेको भन्दै गाँउगाँउमा स्वास्थ्य शिविर संचालन, जिवनशैलि व्यवस्थापनका निम्ति स्वस्थ जिवन , योगा तथा बाथ रोगका लागि स्टिम वाथ लगायतका कार्यक्रम सचालन गरि जनताका बिच लोकप्रिय बन्दै गएको बताएका छन ।


जिल्ला आयुर्वेदको तथ्यांक हेर्दा अछाम जिल्लाको कुल जनसंख्याको १२ हजार ४ सय ३८ जना महिला र ९ हजार ८३ जना पुरुष गरि जम्मा २१ हजार ५ सय २१ जनाले आयुर्वेद सम्बन्धि सेवा लिएको तथ्यांक जिल्ला आयुर्वेदका वैद्य खडक बमले प्रस्तुत गरे । साथै उहाले अहिलेसम्म आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गर्ने सेवाहरु उत्तकृष्ट एवम नविन्तम अभ्यासका बारेमा र जिल्ला आयुर्वेद केन्द्रले जिल्ला भर सञ्चालन गरिरहेका विभिन्न सेवाका विषयमा जानकारी गरेेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर रहेकी थिइन् । कार्यक्रमको प्रमुख अथितीको आशन बाट बोल्दै उपप्रमुख कुँवरले आयुर्वेद सेवा सम्बन्धी प्रचारप्रसारको कमि रहेकाले आगामी दिनमा केन्द्रले आम नागरिक सम्म आयुर्वेद स्वास्थ्य सेवाका बिषयमा प्रचारप्रसारका कार्यक्रम बढाउनुपर्नेमा जोड दिइन । गाँउगाँउमा स्वास्थ्य शिविर संचालन गरेर आयुर्वेद स्वास्थ केन्द्र विस्तार गर्न र स्वास्थ्य शिविर गर्न बजेटको व्यवस्था गरिने समेत बताइन ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका जिल्ला आयुर्वेद केन्द्र अछामका कार्यालय प्रमुख दिपक राज पन्तले आयुर्वेदको महत्त्व, यसको प्रयोग र बुझाई, जीवनशैली अवलम्बन गर्ने तरिका आदि बारेमा समेत जानकारी दिएका थिए । प्रयाप्त जनशक्ति, आवश्यक उपकरण र औषधीको व्यवस्था गर्न राज्यका तिनवटै निकायले एकजुट भएपछि मात्र सम्भव हुने बताए । बिकास र सम्बृद्धिको लागि स्वस्थ्य जनशक्ति आवस्यक भएको बताउँदै स्वस्थ जिवन शैलि, सरल आहार विहार र मौलिक आयुर्वेद उपचार पद्घतिलाई अंगिकार गरेर अँगाडि बढेमा सवै खाले समस्याको समाधान हुने बताए । कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष , कार्यवहाक वडा अध्यक्ष कार्यपालिबका सदस्य जनप्रतिनिधी र जिल्ला स्थीत विभिन्न सञ्चार माद्याममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।