मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस अछामको २१ औँ बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

नेपाली कांग्रेस अछामको २१ औँ बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

कांग्रेस अछामको आयोजनामा नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान

सुदूर आज

अछाम ः नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको २१ औँ पूर्ण बैठक बिपी स्मृती भवन मंगलसैनमा सम्पन्न भएको छ । संघिय सांसद समेत रहेका पार्टी सभापती पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले बिभिन्न निर्णय पारित गरेको छ ।

पार्टीको आर्थिक अवस्थालाई चुस्तदुरुस्त राख्न पदाधिकारी सम्मिलित समिति गठन गरि आर्थिक प्रतिवेदन तयार पार्ने निर्णय भएको छ । १४ औँ महाधिबेशन पश्चात खर्चको माग दाबी बढी भई आएकोमा त्यसको लेखाजोखा गर्न समितीले आवश्यक छलफल तथा समन्वय गरी निर्क्योल निकाल्न पार्टी सभापती पुष्प बहादुर शाहले निर्देशन दिएका छन् ।

बिपी स्मृती भवन निर्माण भएको ठाउँको जग्गा खरिद गर्ने समयमै नापीमा लालपूर्जामा छुट भएको र हाल सबै प्रक्रिया पुुरा गरि दर्ता प्रक्रियामा रहेकाले छिट्टै जग्गाको लालपूर्जा प्राप्त हुने भएकाले यस बिषयमा अनावश्यक बाहिर रुपमा टिका टिप्पणी नगर्न समेत सभापती शाहले निर्देशन गरेका छन् । यस्तै पार्टीलाई बुझाउनु पर्ने लेबी समेत जिल्ला कार्य समितीको खातामा बुझाउन सबै नेता कार्यकर्ता, पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई सभापति शाहले निर्देशन दिएका छन् ।

बैठकले अछामको जिल्ला समन्वय समितिमा करारमा रहेका कर्मचारीहरु नहाटई म्याद थप गर्नका लागि समेत निर्देशन गर्ने निर्णय सर्बसम्मत गरेको छ । यस्तै बैठकले भातृ संघसंगठनहरुले पनि आफ्ना कार्यक्रमहरु निरन्तर गर्नुका साथै पार्टीका रहेक गतिविधी र कार्यक्रममा प्रत्यक्ष रुपमा संलग्न हुन समेत निर्देशन गरेको छ । त्यस अघि बैठकमा सहभागी नेता कार्यकर्ताले आर्थिक अवस्था, जग्गाको बिषय, जिल्ला समन्वय समिती, पार्टीको लेबि, भातृसंगठनलाई कार्यलयका लागि कोठा उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा आ आफ्ना धारणा राखेका थिए ।

नयाँ बर्ष २०८१ सालको शुभकामना आदानप्रदान ।

नेपाली कांग्रेस अछामले नया बर्ष २०८१ सालको शुभकामना समेत आदानप्रदान गरेको छ । पार्टीको २१ औँ बैठककै क्रममा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो । पार्टी सभापती पुष्प बहादुर शाहले नया बर्ष २०८१ सालको सबैलाई शुभकामना दिदै पार्टीमा सक्रिय रुपमा क्रियाशिल हुन आग्रह गरेका छन् ।

बैठकमा सहभागी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री अम्बिका चलाउने नयाँ बर्षको शुभकामना व्यक्त गर्दै पार्टीलाई जिल्लामा चलायमान बनाउनु पर्ने र जिल्ला कार्यसमितिले समेत आफ्ना हरेक कुराहरु चुस्तदुरुस्त राख्नुपर्ने धारणा व्यक्त गरिन् ।

पूर्व जिल्ला सभापती भरत कुुमार स्वाँरले समेत नयाँ बर्षको सबैमा शुभकामना व्यक्त गर्दै पार्टीका केही बिषयमा कार्यकर्तामा अन्यौल्ता सृजना भएको र त्यस्ता कुरा जिल्ला कार्यसमितीबाट स्पष्ट पार्नुपर्ने र हरेक गतिविधीलाई चलायमान बनाउनु पर्ने बताए ।

बैठकमा पूर्व राष्टिय सभा सदस्य, प्रदेश कार्य समिति सदस्य, महासमिति सदस्य, क्षेत्रिय सभापती, जिल्ला कार्य समितीका पदाधिकारी, महाधिबेशन प्रतिनिधी र जिल्ला कार्य समिती सदस्य, भाृतसंस्था, सुबेच्छुक संस्थाका प्रमुख प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।