मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आन्तरिक रोजगारीका लागि अन्तर सम्वाद कार्यक्रम बिनायकमा सम्पन्न

आन्तरिक रोजगारीका लागि अन्तर सम्वाद कार्यक्रम बिनायकमा सम्पन्न


अछामको पंचदेवल विनायक नगरपालिकामा आन्तरिक रोजगारीका लागि अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिका आगामी पाँच बर्षको लागि रोजागार रणनिति तयार पारिरहेकाले त्यसका लागि सरोकारवाला बाट आवश्यक सुझावहरु संकलन गर्ने उदेश्यले अन्तर सम्वाद कार्यक्रमको आयोजना गरिएको हो ।

नगरपालिका उप प्रमुख तथा रोजगार सम्वाद मञ्चका संयोजक हर्क बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि सरोकारवालाले नगरपालिकाले राम्रो कार्यको सुरुवात गरेको भन्दै कार्यक्रममा प्राप्त सुझावहरुलाई प्रभावकारी ढंगले कार्यन्वयन गरेर लैजान सुझाव दिएका छन ।

पालिकाले हाल सम्म तालिम र गोष्ठिमा धेरै ठुलो धनराशी खर्च गरिसकेकाले अब तालिमको नाममा तालिम दिने प्रवृतिको अन्त्य गर्दै केही गर्न चाहाने युवालाई छनौट गरि आवश्यक लगानी गर्नुपर्नेमा जोड दिएका छन ।

सरकारले लगानी गरि रहने तर त्यसको प्रतिफल नआउने समस्या बढेकाले आगामी दिनमा यसको अन्त्य गर्न आवश्यक रहेको बताएका छन ।

स्थानीय स्तरमा रोजगारीको सबैभन्दा ठुलो सम्भावना बोकेको क्षेत्र भनेको कृषि क्षेत्र भएकाले कृषि क्षेत्रमा आवश्यक प्रविधि भित्र्याई कृषि प्रणालीमा आधुनिकता ल्याउनुपर्ने र त्यसबाट धेरै ठुलो रोजगारी सृजना गर्न सकिने युवाहरुको भनाई थियो ।

समुदायमा अहिले पनि केही गर्न चाहाने तर कुनैपनी क्षेत्रमा पहुच नभएका थुप्रै युवाहरु रहेकाले त्यस्ता युवाहरुको पनि पहिचान गरि आवश्यक सिप सिकाएर आत्मनिर्भर बनाउन तर्फ सरकारले कार्यक्रम संचालन गर्न आवश्यक रहेको भन्दै अहिले गरिरहेका युवाहरुको थप क्षमता अभिवृद्धि गर्दै आवश्यक सहयोग गर्न आग्रह गरेका छन ।

कृषि वीमा नहुदा कृषि क्षेत्रलाई व्यवसाय बनाएका युवाहरु निराश भएको भन्दै सरकारले कृषि वीमा कार्यक्रमलाई समुदाय स्तर सम्म लैजान माग गरेका छन ।

स्थानीय सरकारले पालिकामा व्यवसाय गरिरहेका युवाहरुलाई सम्मान गर्नुपर्ने र त्यसले युवाहरुमा हौसला बढ्ने बताएका छन ।

युवाहरुलाई उनीहरुको योग्यता र क्षमताको आधारमा गर्न चाहाने व्यवसाय सम्बन्धी तालिम दिएर दक्ष जनशक्ति बनाउन आवश्यक रहेको अधिकांश युवाहरुको माग थियो ।

कार्यक्रममा सहभागि सरोकारवालाले सोधेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख अम्बिका चलाउनेले अन्तरसम्वाद कार्यक्रममा निकै महत्वपुर्ण सुझावहरु प्राप्त भएकाले यी सुझावहरुलाई कार्यन्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

सरोकारवालाले दिएका रचनात्मक सुझावहरु वास्तवमा मनन गर्न योग्य रहेकाले सोही अनुसार अबको बजेट निर्माण गरिने बताउनुभयो । पालिकालाई कृषिमा आत्म निर्भर बनाउने आफ्नो प्रमुख उदेश्य रहेको भन्दै नगर प्रमुख चलाउनेले त्यसका लागि आवश्यक प्रकृया पनि संग संगै अघि बढाएको बताउनु भएको छ ।

पालिकामा अहिले तत्काल चिस्यान केन्द्र स्थापना देखी माटोको परिक्षण गर्ने कार्यलाई पनि संग संगै अघि बढाएको जानकारी गराउनु भएको थियो । युवाहरुलाई रोजगार बनाउने यो निकै महत्वपुर्ण कार्यक्रम भएकाले अर्को चरणको छलफल गरि प्राप्त सुझावहरुलाई अन्तिम रुप दिईने बताउनुभयो ।

पालिकामा रहेका सबै जनप्रतिधिहरु यस्ता कार्यमा निकै सकारात्मक रहेकाले युवा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाएर लैजान अन्य सरोकारवाला संग पनि समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता दोहो¥याउनु भएको थियो ।

कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले पनि युवाका सवाललाई पहिलो प्रथामिकता राख्दै आगामी बजेट निर्माण गर्ने कार्यमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए भने राजनितिक दलहरुले पनि पालिकाले संचालन गरेका सकरात्मक कार्यमा गुण र दोसको आधारमा सहयोग गर्ने बताएका थिए ।

अन्तर सम्वाद कार्यक्रममा नगरपालिकाका रोजगार संयोजक भरत अधिकारीले रोगजारका क्षेत्रमा नगरपालिकाको वस्तुस्थिति, नगरपालिकामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवाहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।

अन्तर सम्वाद कार्यक्रममा नेपाली काग्रेसका सज्जन बहादुर शाही, नेकपा एमालेका बखत बहादुर कडायत, नेकपा एकिकृत समाजवादीका कमलराज अधिकारी, पंचदेवल क्याम्पसका क्याम्पस प्रमुख बिनिता अधिकारी, जनप्रतिनिधि, विभिन्न व्यवसाय गरिरहेका युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो ।