मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा दोश्रो ग्रामिण अर्थोपेडिक्स तथ ट्रमा केयर सम्मेनल २०२४ को आयोजना हुदैँ

बयालपाटा अस्पतालमा दोश्रो ग्रामिण अर्थोपेडिक्स तथ ट्रमा केयर सम्मेनल २०२४ को आयोजना हुदैँ


अछाम ः अछाम जिल्लाको बयालपाटा अस्पतालमा ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन हुने भएको छ । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा बैशाख २७ देखि २९ गतेसम्म ३ दिने दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेनल २०२४ हुने भएको हो ।

नेपालको ग्रामिण क्षेत्रमा अर्थोपेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

निर्देशक डा. पाठकका अनुसार ट्रमा र अर्थोपेडिक सेवाको पहुँचमा दुर्गम क्षेत्रका बिरामीलाई अस्पतालसम्म पुरयाउन र अहिले पाईरहेको सेवामा सुधार ल्याउने सम्मेलनको उद्देश्य रहेको छ । नेपालमा अर्थोपेडिक डाक्टर, शहर केन्द्रीत कार्यक्रम, सिकाई तथा सेमिनारहरु धेरै भएपनि दुर्गममा सेवाको पहुँच पुर्याउन र जनशक्तीको स्तर बृद्धी गर्न आयश्यक रहेकोले यो सम्मेलनको आयोजना गरिएको उनले बताए ।

यसका साथै बयालपाटा अस्पतालले बिगत ९ बर्ष देखि निशुल्क रुपमा दिईरहेको ट्रमा तथा अर्थोपेडिक सेवा सम्बन्धि भोगाई र सिकाईको अनुभव आदान प्रदान गर्नु सम्मेलनको अर्को उदेश्य रहेको डाक्टर पाठकको भनाई छ । यसका साथै नयाँ आएका अर्थोपेडिक सर्जनहरुलाई दुर्गममा यसको सेवा कसरी राम्रो र विस्तार गर्न सकिन्छ भनेर जानकारी आदान प्रदान गर्नु र नेपालको निति निर्माणमा संलग्न व्यक्ती, स्वास्थ्य मन्त्रायल तथा प्रदेश निर्देशनालयलाई समेत कसरी सेवा दिईरहेका छौँ भन्ने जानकारी गराउन समेत सम्मेलनले टेवा पुग्ने बिश्वास गरिएको छ ।

गुणस्तर बृद्धि गरि सेवालाई देशभर कसरी विस्तार गर्न सकिन्छ भनेर समेत सम्मेलनमा छलफल गरिनेछ । दुर्गममा अर्थोपेडिक सर्जन नभएको बेला एमडीजिपी र मेडिकल अधिकृतहरुले यस बारेमा तालिम तथा सिकाईका माध्यमबाट दुर्गममा सेवालाई निरन्तरता दिलाउन समेत सम्मेलनले टेवा पुग्नेछ ।

कोभिड अघि भएको पहिलो ग्रामिण अर्थोपेडिक्स तथ ट्रमा केयर सम्मेलनको सफलता पछि दोश्रो गर्न खोजिएको डा. पाठकले बताए । बैशाख २७ देखि २९ अर्थात मे ९ देखि ११ गरी ३ दिने सम्म सञ्चालन हुने सम्मेलनको पहिलो २ दिन प्रि वर्कसप सम्मेलन गरिनेछ । जसमा भिडियो एक्सरे गरेर चोटपटक लागेको बिरामीलाई कसरी राम्रो सेवा दिन सकिन्छ र बिरामीहरुको चोट भिडियो एक्सरे मार्फत कसरी पत्ता लगाउन सकिन्छ भनेर स्तर बृद्धि गर्न तथा हात खुट्टा टुटेको बिरामीको भिडियो एक्सरे मार्फत दुखाई कम कसरी गर्न सकिन्छ भनेर अमेरिकामा रहेको ब्राउन बिश्वबिद्यालयको प्राविधिक सहयोगमा २ दिनको वर्कसप आयोजना गरिनेछ ।

तेश्रो दिन मे ११ अर्थात बैशाख २९ गते नेपाल अर्थोपेडिक एशोसियशनका अध्यक्ष सहित एनेस्थेसियामा काम गर्ने स्वास्थ्यकर्मी, अर्थोपेडिक्स तथा ट्रमा केयरमा संलग्न डाक्टरहरु र अन्य स्वास्थ्यकर्मीका बिचमा दुर्गममा के कस्ता समस्या छन्, कसरी र कुन आधारमा गुणस्तरियता दिन सकिन्छ, सुधारका लागि के के गर्ने र देशका अन्य भागमा सेवा विस्तार गर्न सकिन्छ भन्ने बिषयमा बृहत बहस तथा छलफल हुनेछ ।

सम्मेलनमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले गरिरहेको अर्थोपेडिक शिविर, कणार्ली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत अस्पताल, एचआरडिसी र बाजुराका समेत अर्थोपेडिक डाक्टरहरुले दिईरहेको सेवाका अनुभव तथा सिकाई साझा गर्ने कार्यक्रम रहेको छ । मुख्यत नेपालभरीका अर्थोपेडिक्स तथा ट्रमाका बिरामीलाई कसरी गुणस्तरिय सेवा दिने भन्ने बिषयमा सिकाई र भोगाईलाई उजागर गरिने भएकाले यस क्षेत्रमा काम गरिरहेका डाक्टरलाई सेवा दिन सम्मेलन कोषेढुंगा साबित हुने आयोजकको बिश्वास रहेको छ ।

बिरामीलाई केन्द्रमा राखेर दुर्गम ठाँउमा काम गर्ने डाक्टरहरुको क्षमतामा सुधार गर्न आयोजना हुन लागेको यस सम्मेलनमा अर्थोपेडिक सर्जन, ग्रामिण क्षेत्रमा काम गर्ने डाक्टर, चोटपटकका बिरामी हेर्ने डाक्टर, मेडिकल अधिकृत, जिपी डाक्टरहरुले सम्मेलनमा भाग लिन पाउनेछन् ।

ब्राउन बिश्वबिद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साईन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासंगको सहकार्यमा सम्मेनलको आयोजना गरिएको हो ।

सम्मेलन सम्बन्धि विस्तृत जानकारीको लागि