मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा भोलीबाट मात्र र्यापिड टेस्ट सुरु हुने

बाजुरामा भोलीबाट मात्र र्यापिड टेस्ट सुरु हुने


पदमबहादुर सिंह /बाजुरा २७ चैत्र– बाजुरा जिल्लाका बिभिन्न क्वारेन्टाईनमा राखिएको ब्यक्तिहको रेपिट टेस्ट सुरु हने भएको छ ।

आज दिउसो मात्र दिपायल स्वाब संकलनको लागि संचालिन स्वास्थ्यकर्मीहरु लाई तालिम दिन (र्यापिट टेस्ट) सहितको टोलि बाजुरा पुगेको छ । आज र भोली बाजुरा जिल्लामा उपलब्ध ल्याबका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने र भोलीबाट ‘थ्रोट स्वाब’ संकलन कार्यसुरु हुने जिल्ला अस्पताल बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए ।

बाजुरा जिल्ला नौ ओटा स्वारेन्टाईनमा राखिएका मानिसहरुको ‘ स्वाब’ संकलन गरिरहेको सहयाक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सदरमुकामको मालिका आबिमा राखिएकाहरुको भोली नै सक्कलन गरिने र अन्य टाढाको पर्सीसम्म पनि हुनसक्ने उनले जनाकारी दिए ।

पहिलो चरणमा नौ ओटा स्थानिय तहका क्वारेन्टान्टाईनमा राखिएका १ सय १७ जनाको र क्वारेन्टाईनमा उपचारमा खटिएको स्वास्थ्यकर्मीहरुको थ्रोट स्वाब नमूना संकलन गरिने जिला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृृष्ण पन्तले जानकारी दिए ।

‘ स्वाब’ संचालनका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानिय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएका पन्तले बताए पहिलो चरणमा ३ सय थान भिटिएम जिल्लामा आएको छ ।

बाजुरामा चैत्र १२ गते देखी हालसम्म बडिमालिका नगरपालिकाको मालिका माबिमा ३५ जना, कालिका आधारभूत बिद्यालयमा ३ जना, त्रिबेणी नगरपालिकाको तोली स्वास्थ्य चौकीमा १८ जना, बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चोकीमा ४ जना त्रिशक्ति माबिमा ८ जना, थुमा माबिमा २ राखिएका छन् ।

त्यसै गरि खप्तड छेडेदह गाउपालिकाको मष्टेश्वरी माबिमा ४ जना, स्वामीकार्तिक खापर गाउपालिका केन्द्र सुईजीउलामा ३४ जना र गौमुल गाउपालिकाको कृर्तिचौर माबिमा ९ जना गरि जम्मा १ सय १७ जना क्वारेन्टाईनमा राखिएको छन् ।