मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमबाट १२ सय ५५ जनाको नमूना संकलन, हजार बढिको परीक्षण बाँकी

सुदूरपश्चिमबाट १२ सय ५५ जनाको नमूना संकलन, हजार बढिको परीक्षण बाँकी


धनगढी: सुदूरपश्चिम प्रदेशबाट कोरोनाको परीक्षणका लागि नमूना संकलन थालिएको ५७ दिनमा एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको छ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा आजसम्म एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको हो। प्रदेशका विभिन्न अस्पताल, ¥यापिड टेष्टको टोली र नेपाली सेनाको टोलीले नमूना संकलन गरेका हुन्। 

नमूना संकलनको कार्यलाई तिव्रता दिएपनि परीक्षण भने निकै सुस्त भइरहेको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म एक सय ९१ जनाको मात्रै परीक्षण गरिएको छ। बुधबारम्म एक सय ८४ नमूना परीक्षण गरिएकोमा आज थप ७ जनाको नमूना परीक्षण गरिएको हो। 

बिहिबार प्रदेशमा स्थापना भएको प्रयोगशालामा ५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई जनाको मात्रै नमूना परीक्षण गरिएको हो। एक सय ९१ वटा थ्रोट स्वाबको नमूना परीक्षण भएकोमा अहिलेसम्म चार जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ। – dinesh khabar