मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सरकारले थप सामाग्री जुटाउन नसक्दा कोरोना परीक्षण मेसिन धनगढीमा थन्कियो

प्रदेश सरकारले थप सामाग्री जुटाउन नसक्दा कोरोना परीक्षण मेसिन धनगढीमा थन्कियो


धनगढी : संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडानमा ढिलाई भएको छ। केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तिव्रता दिन पठाएको आरटीपीसीआर मेसिन जडानमा ढिलाई भएको हो।

जडानका लागि पठाएको उपकरणमा आवश्यक थप सामाग्रीको अभाव भएपछि समस्या भएको प्राविधिकहरुले बताएका छन्। प्रदेश सरकारलाई आवश्यक १० बाढि सामान खरिद गर्न भनिएको छ। तर प्रदेश सरकारले खरिद गर्न सकेको छैन्। प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामाग्री खरिद गर्न नसक्दा जडानको काम रोकिएको मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिल प्रसाद लेखकले बताए। उनले भने, ‘प्रदेश सरकारलाई आवश्यक सामानको सुँची दिएका छौ। तर सामान आएको छैन्। सामान नभएकाले उपकरण जडानको काम रोकिएको छ।’ उपकरण जडान भए १२ घण्टामा दुई सय ७० जनाको कोरोना भाइरस (कोभिड–१९) को परिक्षण गर्न सकिने छ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेको भन्दै संघिय सरकारले बुधवार अर्काे प्रयोगशाला स्थापना गर्न उपकरण पठाएको थियो। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विद्युत लाईन विस्तार र फर्निचरको काम जारी रहेको बताए। तर प्रयोगशाला जडानका लागि पनि अन्य उपकरणको व्यवस्था भइनसकेको उनले स्वीकार गरे।

‘काठमाडौँबाट आएको उपकरणका लागि अन्य धेरै सामान आवश्यक पर्ने रहेछ। बजारमा पाउने सामान खरिद गर्दैछौ। ईलेक्टिसीटीको काम भएको छ। बजारमा प्रयोगशालाका अन्य सामान पाइयो भने जडान सकिन्छ।’ उनले दिनेश खवरलाई भने। केन्द्रीय प्रयोगशालामा रहेका तीनवटा मेसिनमध्ये एक धनगढी पठाइएको थियो। सेती प्रादेशिक अस्पतालमा भने संघीय सरकारले यसअघि नै प्रयोगशाला जडान गरिएको छ। तर प्रदेश सरकारले स्थापना गर्ने भनिएका तीन वटा प्रयोशालाको प्रक्रिया भने अगाडी बढेको छैन्। – dineshkhabar