मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट :अछाममा ५१ जनाको रिर्पाेट नेगेटिभ

कोरोना अपडेट :अछाममा ५१ जनाको रिर्पाेट नेगेटिभ


चैत २९, अछाम – बयालपाटा अस्पतालबाट कोरोना भाईरस कोभिड १९ को परीक्षणका लागी संकलन गरिएको ५१ जनाको रिर्पाेट नेगेटिभ आएको छ ।

कोरोना भाईरसको संक्रमण परीक्षण गर्नका लागि आएको नेपाली सेनाको हेलिकप्टर सहित स्वास्थ्यकर्मीको टोलीले जिल्ला बयालपाटा अस्पतालबाट मंगलबार स्वाब परीक्षणका लागी काठमाण्डौ लगिएको थियो । ५१ जनाको रिर्पाेट नेगेटिभ आएको बयालपाटा अस्पतालका डाक्टर बिकास गौचनले बताए ।

साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका,मेल्लेख गाउँपालिका र चौरपाटी गाउँपालिकाका भारतबाट तथा जिल्ला बाहिरबाट आएकाहरुको स्वाब सकलन गरिएको थियो ।
जिल्लाबाट २ सय २६ जनाको स्वा संकलन गरिएकोमा ५१ जनाको रिर्पाेट नेगेटिभ आएको र बाँकीको आउन बाकी रहेको छ ।

मंगलसेनबाट १ सय ७ र कमलबजार नगरपालिकाबाट ६८ जनाको स्वाब संकलन गरिएको हो । मगलबार र बुधवार २ जना नेपाली सेना र ३ जना अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी गरि ५ जनाको टोली स्वाब संकलनका लागि हेलिकप्टर सहित मंगलबार अछाम आएको थियो ।