मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा रणनैतिक कार्ययोजना सहित राहत कोष स्थापना

अछाममा रणनैतिक कार्ययोजना सहित राहत कोष स्थापना


गीता कुँवर, अछाम |

जिल्लाका स्थानीयतहले कोरोना रोकथाम, नियन्त्रण र उपचार रणनैतिक कार्ययोजना सहित राहत कोषको स्थापना गरेका छन । जिल्लाका दशै वटा स्थानीय तहले गरी १ करोड ९० लाखको राहत कोष स्थापना गरेका हुन् ।

साँफेबगर नगरपालिकाले रणनैतिक कार्ययोजना सहित ४० लाखको राहत कोष स्थापना गरेको छ । कोरोनाको प्रकोप नियन्त्रण भएसगै कोषमा बचेको रकम विपद् व्यवस्थापन कोषको खातामा हस्तान्तरण गरीने नगर प्रमुख कुलबहादुर कुवरले बताउनु भयो ।

नगरपालिकाले लक डाउन अवधिभर राहत दिनुपर्ने ब्यक्ति, परिवारको पहिचान राहत बितरण, प्रत्येक वडामा राहत बितरण सम्पर्क ब्यक्ति तोक्ने, बिषेश गरी लकडाउनको अवधिभर गर्भवती, अपांगता भएका व्यक्ति, असहाय अशक्तको लागी खाद्यान्नको थप व्यवस्था गर्ने, राहत बितरणको नियमित अनुगमन गर्ने, राहत वितरण गुनासो सुनुवाई समीती गठन, क्वारेन्टाईन निमार्ण र गाउँको अवस्थाबारे अनुगमन गर्ने लगायतका रणनिति तयार पारेको प्रमुख कुँवरले जानकारी दिनु भयो ।

बान्नीगढी जयगढ गाउँपालिका २० लाखको राहत कोषको स्थापना गरेको अध्यक्ष राजेन्द्र खड्काले बताउनु भयो । गाउपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागी रणनिति याजना बनाएर अगाडी बढिरहेको उहाले बताउनु भयो ।

गाउपालिकाले प्रत्येक घरमा स्वास्थकर्मीलाई खटाएर भारतबाट आएकाहरुको गतिबिधि स्वास्थ अवस्थाका बारेमा नियमित अनुगमन गर्ने गरेको छौ र निशुल्क एम्बुलेन्स तयारी अवस्थामा राखेर अन्य बिरामीलाई अस्पतालसम्म जाने व्यवस्था मिलाएका बताउनु भयो ।

अहिले प्रबिधिको प्रयोग गर्दे आईभिआर सेवाबाट गाउँपालिकाका प्रत्येक नागरिक समक्ष कोरोनाबाट बच्ने उपायका बारेमा सुचना दिने गरेको अध्यक्ष खड्काले बताउनु भयो ।

पञ्चदेवल बिनायक नगरपालिकाले १४ लाखको राहत कोष स्थापना गर्नुका साथै राहत बितरण कार्यबिधि तयार पारी श्रमिक वर्ग तथा असहायहरुलाई राहत वितरण कार्य सुरु गरेको उपप्रमुख अम्बीका चलाउनेले बताउनु भयो ।

उपप्रमुख चलाउनेका अनुसार अहिले स्वास्थकर्मीलाई सुरक्षा सामाग्री सहित तयारी अवस्थामा राखिनुका साथै प्रत्येक वडामा कोरोना समन्वय समीती गठन गरिएको छ ।

ढकारी गाउँपालिकाले १० लाखको राहत कोष स्थापना गरेको प्रमुख प्रशासकिय अधिकृत टेक वलीले बताउनु भयो । हालै सम्पन्न गाउँकार्यपालिकाको बैठकले राहत कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

उहाका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागी गाउँपालिकामा संकट व्यवस्थापन केन्द्र गठन गरीएको छ ।

मंगलसेन नगरपालिकाले ३० लाखको राहत कोष स्थापना गरेको छ । नगरपालिकाले स्थापना गरेको कोषमा सहयोगका लागि सबैलाई अपील गरिएको नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताउनु भयो ।

रणनितिक योजना अनुसार अहिले लकडाउनका कारण मर्कामा परेका मजदुर,असहायहरुलाई राहत वितरण गरेको र प्रत्येक दिन सबै वडाको अवस्थाको बारेमा जानकारी लिने गरेका बताउनु भयो ।

मेल्लेख गाउँपालिकाले प्रत्येक स्वास्थ चौकीमा औषधी अभाव हुन नदिन पर्याप्त मात्रामा औषधीको व्यवस्था गर्नुका साथै पीपीई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत हिक्मत बुढाले बताउनु भयो ।

गाउँपालिको ११ लाखको राहत कोष स्थापना गरेको छ । अहिले गाउँमा स्वास्थ अवस्थाका बारेमा जानकारी लिनुका साथै वडाध्यक्षहरुले निगरानी राख्ने गरेका र क्वारेन्टाईन पनी पर्याप्त बनाईएको उहाले बताउनु भयो ।

चौरपाटी गाउँपालिकाले २५ लाख रामारोशन गाउँपालिकाले १० लाख, तुर्माखाद गाउँपालिकाले २०,कमलबजार नगरपालिकाले १० लाख रकम कार्ययोजना सहित कोषको स्थापना गरेका हुन् ।