मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदका ६० मजदूर परिवारलाई चामल वितरण

तुर्माखाँदका ६० मजदूर परिवारलाई चामल वितरण


अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का ६० जना मजदूरहरुलाई राहत वितरण गरिएको छ । सर्वेक्षण अनुसार विवरण संकलन गरिएका ६८ जना मध्य ६० जनालाई राहत वितरण गरिएको हो ।

वडा सचिव जनकबहादुर बुढाले दिएको जानकारी अनुसार कोरोना भाइरसका कारण गरिएको लक डाउनका कारण दैनिक ज्यालादार मजदूरहरुका परिवारलाई खानपीनमा समस्या आउन नदिन उनीहरुको विवरण संकलन गरेर राहत बाड्न सुरु गरिएको थियो ।

जसमा पहिलो चरणमा उपस्थीत भएका ६० जनालाई ३०÷३० किलो चामल वितरण गरिएको छ भने अन्यलाई समेत राहत स्वरुप चामल उपलब्ध गराइने छ । तुर्माखाँद बजारमा रहेको मञ्जु फेन्सी एण्ड जनरल स्टोरले न्यून दररेटमा उपलब्ध गराएको चामल श्रमीकहरुकालागि वितरण गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा, वडा नम्बर ४ का वडाध्यक्ष कविराम बयक, वडा नम्बर ५ नाडाका वडाध्यक्ष तुलाराम जैसी, ४ नम्बरका वडा सदस्यहरु गगने बयक, बीरबहादुर बुढा र जुवा नेपाली लगायतले संयुक्त रुपमा राहत स्वरुप चामल वितरण गर्नुभएको थियो । अब बाँकी रहेका अन्य मजदूरलाई पनि चामल उपलब्ध गराउने कार्यक्रम रहेको छ ।